प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने– मुख्यमन्त्री कार्की 

Logo
Nav Nepal बुधबार, साउन १६, २०८१
विराटनगर,१६ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन क्रियाशिल रहेको बताउनु भएको छ ।
नेपाल चिकित्सक सङ्घ कोशी शाखाको आज साँझ यहाँ आयोजित २०८१–८४ को निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई पदस्थापन समारोहको उद्घाटन गर्दै उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले सरकारले  जनताको घर–घरमा स्वास्थ्य सेवा पु¥याउनका लागि के कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै एक कार्यदल गठन गर्ने जानकारी दिँदै यसका लागि आवश्यक सुझाव दिन  सङ्घलाई आग्रह गर्नु भयो ।
उहाँले सरकारी स्वास्थ्य संस्थाको जीर्ण रहेको भौतिक संरचनालाई वलियो बनाउने कार्य  शुरु गरेको जानकारी दिँदै यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माण गरी सञ्चालनमा आएको बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाको जिम्मा लिने बताउँदै समयमा जानकारी प्राप्त भएमा  दोशीलाई कारवाही गरी समाजमा सकारात्मक सन्देमा सन्देश प्रभाव गर्ने विचार राख्नु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले चिकित्सक विदेश पलायन रोक्न आवश्यक सेवा सुविधा स्वदेशमा उपलव्ध गराउनु पर्ने सुझाव दिनु भयो ।
सङ्घका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले व्यवस्था परिवर्तन भएपनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले सङ्घका नव निर्वाचित अध्यक्ष डा राजेन्द्र चौधरी लगायत समितिका पदाधिकारीहरुलाई निर्वाचित प्रमाणपत्र वितरण गर्नु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077