विराटनगर, ३० साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेह्रथुम स्थितका नवनिर्मित सिधुवा शुक्रबारे सडक आज उद्घाटन गर्नुभएको छ ।
कोशी प्रदेश सरकारको महत्वपूर्ण योजनाको रुपमा रहेको सो सडक निर्माण गर्न कोशी प्रदेश सरकारको रु ८९ करोड ९० लाख लागतमा सडक निर्माण गरिएको हो । सडकको लम्बाई १७ किमी रहेको छ ।
प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।
यो सडक निर्माणले तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने छ । यो सडक धनकुटाको सिधुवाबाट सुरु भइ तेह्रथुमको सदरमुकामसम्म पु¥याउने लक्ष्यका साथ निर्माण गरिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक निर्माणले स्थानीय बजार प्रर्वद्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पहाडी जिल्लामा भइरहेको बसाइँसराइँ रोक्न र कृषि र पर्यटनलाई प्रर्वद्धनमा सडक महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले भत्रुभयो , ‘ आज पहाडमा बसाइँसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्ने छ ।’
प्रदेश संरचना नयाँ भएपनि यसले महत्वपूर्ण काम गरिरहेको र कोशी प्रदेशको समृद्धिका लागि आगामी वर्ष कोशी पर्यटन वर्ष मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
‘नयाँ संरचना हो हामी राम्रा र देखाउन हुने काम गर्ने छौँ’ उहाँले भत्रुभयो , ‘आगामी असोज ११ गते पर्यटन दिवसका दिन सबै नीतिगत कुराहरु घोषणा गरेर पर्यटन वर्षको तयारीलाई तीव्रता दिने छौँ । ’
मुख्यमन्त्री कार्कीले बुधबार नै तेह्रथुमको छथहर जोरपाटीको खेलकुदलगायत विभित्र कार्यक्रममा सहभागिता जनाउनु भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।–––