मुख्यमन्त्री कार्की ः नागरिकका गुनसो सम्बोधन गर्न ‘हेलो सिएम’को शुभारम्भ

Logo
Nav Nepal बिहिबार, साउन ३१, २०८१

 

विराटनगर,३१ साउन । कोशी प्रदेश सरकारले आजदेखि जनताको गुनासो सुन्न र सम्बोधन गर्नका लागि ‘हेल्लो सिएम’ गुनासो व्यवस्थापन प्रणालीको सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम एवं गुनासो व्यवस्थापन प्रणाली एवं कक्षको डिजिटल माध्यमबाट शुभारम्भ गर्नु भयो ।
हाललाई विहान १० देखि पाँच बजेसम्म सरकारी तथा सार्वजनिक निकायवाट भएक काम कारवाहीका सम्बन्धमा प्रत्यक्ष एवं सरल तरिकाले गुनासो गर्न सकिने र प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गरी सुशासनको प्रत्याभूति गर्नु मुख्य उद्देश्य रहेको छ ।
प्रदेश सुशासन ( व्यवस्थापन तथा सञ्चालन ) ऐन २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारद्वारा निर्देशिका बनाई पोर्टल सञ्चालन गरिएको हो ।
मुख्यमन्त्री कार्कीले पार्टलबाटबाट शासकीय सुधारमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन पोर्टलको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो, ‘ सुशासनबाट जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो ’ ।
उहाँले जनताको जीउधन र विपद्सँग जोडिएका आपतकालिन काममा दु्रत रुपमा यो प्रभावकारी हुने विश्वास व्यक्त्त गर्नुभयो ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले यो सेवाले थप सुशासन वृद्धि हुने बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अलग्ग कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सिएम सञ्चालनमा ल्याइएको छ ।
कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न वा जततउकस्ररजभिियअm।पयकजष्।नयख।लउ मा आफ्नो गुनासा राख्न सकिने छ । आगामी केहि दिनपछि २४ घण्टा यो सेवा सुचारु गरिने सोही अवसरमा जानकारी दिइयो ।(फोटो उपलव्ध छ)–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077