राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ–मुख्यमन्त्री कार्की

Logo
Nav Nepal शनिबार, भाद्र २९, २०८१

 

विराटनगर,२९ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नु पर्ने बताउनु भएको छ।
नेपाल स्काउट कोशी प्रदेशद्वारा ६० औँ बाल दिवसको उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा बालवालिकाको प्रश्नको उत्तर दिदै उहाँले हरेक विद्यालय, पालिकामा रहेका स्काउटले समाजमा रहेका लागु पदार्थ दुव्र्यसनी रोकथाम, कुप्रथा अन्त्यका लागि जागरण अभियान चलाउनु पर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले मुलुकमा आउने प्राकृतिक विपद, आगजनी जस्तो समयमा जनधनको संरक्षण गर्न योगदान पु¥याउन आग्रह गर्नु भयो ।
उहाँले समाजलाई सुसंस्कृत बनाउन स्काउटका स्यवंसेवकहरुलाई आग्रह गर्दै स्काउटको विस्तार र विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालयलाई विद्यालयमा वरिपरि धुम्रपान, मदिराको बिक्री बितरण रोक्न आवश्यक अनुगमन गर्न निर्देशन पनि दिनु भयो ।
उहाँले हाम्रो मुलुक गरिव भएपनि बस्ने योग्य भएको चर्चा गर्दै सरकारले दुई ÷तीन वर्षभित्र नमूना प्रदेश बनाउन उद्योग र कृषि उत्पादन वृद्धि गरि निर्यातका लागि नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मन, बचन र कर्मले राष्ट्र निर्माण कार्यमा जुट्न आग्रह गर्दै विद्यालयको वातावरण शैक्षिक बनाउन आवश्यक योजनाका साथ अनुगमन गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
सो अवसरमा स्काउटका वालबालिकाले मुख्यमन्त्री कार्कीलाई विभिन्न प्रश्न सोधेका थिए ।
कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका स्काउटमा आवद्ध बालबालिकाको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077