सहमतीको सरकार निर्माणको पक्षमा रहेको ःमुख्यमन्त्री कार्की

Logo
Nav Nepal बुधबार, आश्विन ०२, २०८१

 

विराटनगर,२ असोज ःकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कील आफु अझै पनि सहमतिको सरकार बनाउने पक्षमा रहेको बताउनु भएको छ ।
प्रदेश सभामा आज विश्वासको मत प्राप्त गरे पछि प्रदेश सभा परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रदेशप्रति जनताको आस्था र विश्वास अभिवृद्धिका लागि सहमतिको सरकार बनाउने पक्षमा रहेको विचार व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो,‘ नेकपा एमाले र नेपाली कांग्रेस बीच केन्द्रमा सकेसम्म सहमतीको सरकार बनाउने भत्रे रहेको छ ’।
सहमतीको सरकार निर्माण भएमा वर्तमान मन्त्रिमण्डलमा एक÷एक जना झिके पछि मिल्ने छ उहाँले धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले राष्ट्रिय राजनीतिका कारण सहमतिको सरकार हाललाई सम्भव नभए पनि आफ्नो प्रयास भने जारी राख्ने विचार राख्नु भयो ।
उहाँले हाल मन्त्रालय वृद्धि नगर्ने बताउँदै तर अधिकार थप भएर आएमा जस्तै प्रहरी समायोजना लगायतका अन्यहरु आएमा वढाउने बताउनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077