विराटनगर,१३ असोज ः कोशी प्रदेश सरकारको आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले केही दिनदेखि परेको अविरल वर्षाको कारणा कोशी प्रदेशका विभिन्न भूभागमा भएका विपद्का घटनामा परी ज्यान गुमाउनु भएका प्रदेशवासीप्रति भावपूर्ण हार्दिक समेवेदना व्यक्त गरेको छ। गर्दछ ।
प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले विपेत्ताहरुको खोज तथा उद्धारका निम्ति सुरक्षा निकायलाई परिचालिन हुन निर्देशन दिने निर्णय गरेको र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीले जानकारी दिनु भयो ।
वाढी पहिरोबाट घर टहरा समेत क्षति भएको छ । भौतिक क्षति ,मृतको परिवारलाई स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा तत्काल राहत उपलव्ध गराउन बैठकले निर्देशन दिएको छ।
बैठकले विपदका कारण राजमार्ग, सहायक राजमार्ग,प्रादेशिक लोकमार्ग तथा अन्य सडकहरु अवरुद्ध भएका छन् । विपदका क्षतिग्रस्त भई सेवा अवरुद्ध भएका राष्ट्रिय सडकहरुको सेवा सुचारु गर्न नेपाल सरकारसँगको समन्वयमा सेवा सुचारु गर्न तथा प्रादेशिक अन्य सडकको हकमा यथाशिघ्र क्षतिको विवरण संकलन गरी सेवा सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता मन्त्री अधिकारीले बताउनु भयो ।
खानेपानी, सिंचाई, लगायतका अन्य पूर्वधार संरचनाहरुमा क्षति पुगेको भएमा यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिने निर्णय गरिएको छ।
प्रदेश सरकारका मन्त्रिपरिषद्का सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ।
प्रदेश लगानी सम्मेलन, २०८१ को अवधारणा पत्र स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता मन्त्री अधिकारीले जानकारी दिनु भयो ।
यसैगरी सवारी साधनको इन्धन प्रणाली परिमार्जन सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ भने सन् २०२४ को अक्टोवर १ देखि ३ गतेसम्म भारतको पश्चिम बङ्गालस्थित सिलगुडीमा आयोजना हुने ध्ष्मिषिभ ऋयललभअतष्खष्तथ ऋयलाष्अित क्ष्लतभचाबअभक ष्ल ज्ष्mबबिथब म्भकष्नलष्लन ब च्यबमmबउ ायच ऋयभहष्कतभलअभ सम्बन्धी कार्यक्रममा सहभागिताको लागि प्रदेश सचिव विशाल घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।