विभिन्न जातजातिको संस्कृति प्रवद्र्धन गर्न ‘विराट सडक महोत्सव’

Logo
Nav Nepal बुधबार, आश्विन १६, २०८१

 

विराटनगर,१६ असोज ः विराटनगरमा असोज १७ गतेदेखि शुरु हुने थकाली चौथो सडक महोत्सव सम्पूर्ण तयारी पुरा भएको छ।
मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा विराटनगरको मुटु हिमालय रोडमा हुने सडक महोत्सव असोज २३ गतेसम्म सञ्चालन हुने छ ।
मन्जिना मूभिजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विगत चार वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको छ ।
ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पिँढीमा समेत पुस्तान्तरण गर्ने उद्धेश्यले सो महोत्सव आयोजना गर्न लागेको आयोजक मुभिज अध्यक्ष जतिन ताम्रकारले बताउनुभयो ।
महोत्सवमा ३० वटा विभिन्न जातजातिका खानाका स्टल रहने र आफ्नै संस्कृति, परम्पराको प्रबद्र्धन गर्दै दैनिक सांगितिक कार्यक्रम महोत्सवको मुख्य आकर्षण रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको भोलि (बिहिवार)दिउँसो ४ वजे उद्घाटन गरिने बताईएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077