प्रदेशको मानव विकास सूचकांक बढाउने नीति तथा कार्यक्रम आउने ः मन्त्री राई

Logo
Nav Nepal बुधबार, बैशाख १७, २०८२

 

विराटनगर, १७ वैशाख ः कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव विकास सूचकांक बढाउने गरि नीति तथा कार्यक्रम ल्याउने बताउनु भएको छ ।
सामाजिक विकास मन्त्रालयको सहकार्यमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको पाँचदिने लैङ्गिक हिंसा निवारण सम्बन्धमा महिला पत्रकारहरुलाई खोज पत्रकारिता तालिमको आज यहाँ आयोजित समापन कार्यक्रम उहाँले मन्त्रालयले मानव विकास सूचकांक बढाउने गरि नीति , कार्यक्रम र बजेटको प्रवन्ध गर्ने जानकारी दिनु भयो ।
राष्ट्रिय जनगणना २०७८ अनुशार प्रदेशको मानव विकास सूचकांक ०.५९८ छ , जुन मध्यम श्रेणी भित्र पर्दछ ।
मन्त्री राईले आगामी आर्थिक वर्षका लागि महिला हिंसा निवारणका लागि पनि मन्त्रालयले नीति, कार्यक्रम तय गरेको चर्चा गर्दै उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का,उपाध्यक्ष कुमोद अधिकारी,अम्बिका भण्डारी, महासचिव हिमा चेम्जुङ ,मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, विवेक गौतमले प्रविधिको प्रयोग गरी विषयकेन्द्रीयत समाचार समाजमा पस्कन सुझाव दिनु भयो ।
तालिममा कोशी प्रदेशका ३० महिला सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष शिव गाउँले, नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्षहरु यज्ञ शर्मा, विक्रम निरौला, बन्धु पोखरेल, पत्रकार लीलाराज भट्टराई, सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले गर्नुभएको महासंघ प्रदेश महासचिव चेम्जुङले जानकारी दिनुभयो । –––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077