विराटनगरमा/ लिम्बू समुदायको सस्कृति कथा वस्तुमा आधारित रहेको चलचित्र ‘सुगुप’ विराटनगरमा प्रिमियर शो गरिने भएको छ ।
आगामी फागुन २८ गते सोमबारका दिन विराटनगरमा रहेको सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा प्रिमियर हुने जनाइएको छ ।
चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बोद्वारा प्रस्तुत चलचित्र सुगुपलाई विराटनगरमा रहेका ३ वटा किराँत समुदायको समन्वयमा प्रिमियर शो गर्न लागिएको हो । किराँत राई यायोक्खा , किराँत याक्थ्युङ्ग चुम्लुङ्ग र किराँत याक्खा छुम्मा महानगर कमिटिले विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गते सुगुम प्रिमियर शो गर्न लागिएको जनाइएको छ ।
यस अघि हङकङमा प्रिमियर गरिसकेको सुगुप काठमाडौंमा फागुन १२ र १७ गते प्रिमियर शो पछि विराटनगरमा पनि प्रिमियर शो गर्न लागिएको विराटनगरका लागी सुगुप प्रिमियर शोका प्रेस संयोजक प्रेम देवानले जानकारी दिए ।
सुगुप चलचित्रको निर्देशन युवा निर्देशक लोकेन साँवाले गरेका हुन् भने यसको पटकथा देबेन्द्र खापुङले लेखेका हुन्। हङकङका युवा ब्यावसायी , समाजसेवी तथा ग्रेण्ड मास्टर रबिन कुमार नाल्बो प्रमुख निर्माता रहेको सुगुप मा दिलमाया लाबुङ नाल्बो,र सैलेन्द्र कुमार नाल्बो निर्माता रहेका छन् भने एल पि साँवा,मनिसा नाल्बो,श्री प्रसाद माबो,राम प्रसाद पंधाक सह निर्माता रहेका छन्।
फिल्ममा वरिष्ठ अभिनेता प्रेम सुब्बा, लिम्बू समुदायका चर्चित कलाकार मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) र बबिता नेयोङहाङको मुख्य भुमिका रहेको सुगुपमा यासेली योङहाङ, त्यसैगरी विराटनगरकी मोडल तथा नव नायिका सुम्निमा खापुङले पनि यस फिल्ममा डेब्युु गरेकी छन् । युवराज राईको छाँयाङकन,बिपिन मल्लको सम्पादन,अशोक राईको संगीत,कमल राईको नृत्य, किशोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको छ ।
1नेपाल र भारत दुबै देशको बिभिन्न ठाउहरुमा छाँयाङकन भएको सुगुप लिम्बू समुदायको बहुप्रतिक्षीत चलचित्र मानिएको छ । लिम्बू जातीमा प्रशव व्यथाका कारण मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने प्रचलन छ । सोहि विषयमा केन्द्रित रहेको फिल्म विराटनगरमा पनि प्रदर्शनी गरिने भएको हो । लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कारलाई सुगुप भनिन्छ।