शिक्षादिप ः विद्यार्थीहरुद्वारा जीवन उपयोगी रोर्बट एवं एप्स प्रदर्शन

Logo
Nav Nepal शनिबार, मंसिर २८, २०८२

 

विराटनगर, २७ मङ्सिर ः शिक्षादीप कलेज विराटनगर–९का कक्षा ११ र १२ का विद्यार्थीले सूचना प्रविधि अन्तर्गत विभिन्न प्रकारको जीवनउपयोगी रोबर्टहरु आज यहाँ निर्माण गरी प्रदर्शन गरेका छन् ।
कलेजद्वारा आयोजित १३ दिने इनोभेन्चर कार्यशालाको अन्तिम दिन आज विद्यार्थीले विभिन्न एप र मार्केटिङ प्रविधिका आठ वटा मोडलहरु तयार गरि प्रस्तुत गरेका छन् ।
सो अवसरमा प्राचार्य ज्ञानबहादुर खड्काले टेक्सपायर कलेज, कोड हिमालय र पीसीपीएस कलेज काठमाण्डौँसँग सहकार्य गरेर सूचना प्रविधि(आईटी)को क्षेत्रमा काम गरिरहेको बताउँदै विद्यार्थी लगनशिलताले गुगलको कार्यकारी अधिकृत बन्न सक्ने लक्षण देखिएको बताउनुभयो ।


कलेजका सञ्चालक रामचन्द्र अधिकारीले कार्यशालामा विद्यार्थीले आगन्तुकहरुलाई मिठोे बोलेर, शिर झुकाएर, श्रद्धापूर्वक स्वागत गर्ने रोबर्ट तयार गरि प्रर्दशनी गर्नुका साथै सवारी साधन सञ्चालनका क्रममा अवरोधहरु आए छलिने, तर्किने र केही समय रोकिएर अघि बढ्ने सवारी साधान प्रर्दशन गरिएको छ ।
कार्यशालामा एन्टि बङ्किङ एप, एआई भ्वाइस सहायक, अनुहार पहिचान उपस्थिति ट्रयाकर तयार गरिएको छ ।


यस्तै बाणिज्य शास्त्र संकायका विद्यार्थीले मार्केटिङ प्रविधिका आठ वटा मोडलहरु तयार गरि प्रस्तुती गरेका थिए ।


यस अन्तर्गत पानी व्यवस्थापन, म्याच एण्ड मुभ, हाम्रो क्लिन, तरकारी मार्केटिङ, ट्युटर एप, अनलाइन यातायात बुकिङ (हाम्रो साधन), एग्रो कनेक्ट मोडलहरु तयार गरि विद्यार्थीले प्रस्तुती गरेका थिए ।


विद्यार्थीहरुलाई कोड हिमालयका आशिष प्रसाइ, पीसीपीएस कलेजकी कृपा श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको थियो ।

 

कार्यशालामा कम्प्युटर र विज्ञान सङ्कायका ६२०, व्यवस्थापन सङ्कायका १३४ गरि ७५४ जना विद्यार्थी सहभागी थिए ।


कार्यशाला समापन कार्यक्रममा प्राचार्य खड्का, चिफ डाईरेक्टरहरु रमेशकुमार मण्डर, शैलेन्द्र शिवाकोटी, म्यानेजमेन्ट सङ्कायका कोअर्डिनेटर शंकर भट्टराई, निर्देशकहरु अनिलकुमार दास, भूपेन्द्र दाहाल, मणिराज भट्टराई, शेषनारायण चौधरी, विमल श्रीवास्तव, टेकेन्द्र क्षेत्री लगायतले विद्यार्थीहरुले प्रविधिको प्रयोगबाट विदेश पलायनमा केही हदसम्म रोक्न सकिने धारणा राख्नुभयो । –––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077