विराटनगर,८ फागुन ः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउनु हामी सबै उत्साहपूर्वक लाग्नुपर्ने बताउनुभएको छ।
निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजद्वारा आज विराटनगरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकलाई राजनीतिक निकास दिन एवं संविधानको सफल कार्यान्पयनमा निर्वाचनले अहम भूमिका निर्वाह गर्ने विचार राख्नुभयो ।
मन्त्री पराजुलीले प्रदेश सरकारले स्वच्छ, शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गरिरहेको र यसमा कुनै कमि हुन नदिने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
उहाँले जनतालाई मतदान स्थालमा सुरक्षाको प्रत्याभूतको व्यारेण्टी प्रदान गर्न आवश्यक सहजगता अपनाइने बताउनु भयो ।
प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले निर्वाचनमा आचार संहिता अनुगमनका लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले निर्वाचनलाई शान्तिपूर्ण,भय रहित एवं निश्पक्ष रुपमा सम्पन्न प्रदेश सरकारप्रतिवद्ध रहेको विचार राख्नु भयो ।
निर्वाचन आयोग ,नेपालका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले निर्वाचन भय रहित वातावरणमा सम्पन्न गर्नु हामीसबैको जिम्मवारी रहेको बताउनुभयो ।
उहाँले निर्वाचनलाई सहज रुपमा सम्पन्न आचार संहिताकोपालन गर्न सबै राजनीतिक दल एवं उम्मेदवारलाई आग्रह गर्नुभयो ।
आयुक्त भण्डारीले निर्वाचन आचार संहिताका उल्लंघनको थलोमा कारवाही गर्न अनुगमनकर्ताहरुलाई आग्रह गर्नु भयो ।
निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा भारतीय नम्वरको सवारी साधन प्रयोग गर्न निषेध गरिएको यस प्रति सचेत हुने दल एवं उम्मेदवारलाई अनुरोध गर्नुभयो ।
उहाँले यस पल्टको निर्वाचन खर्च मितव्ययी हुने अनुमान व्यक्त्त गर्दै आयोग, सुरक्षा निकाय, दल र उम्मेदवार लगायतले रु एक खर्व खर्च हुने अनुमान व्यक्त्त गर्नु भयो ।
आयुक्त भण्डारीले आयोगले उम्मेदवारले गाउँघरम ागर्ने वनभोज कार्यक्रमको खर्च जोडिने भएकोले यसप्रति सचेत हुनुपर्नेमा जोड दिनु भयो ।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनमा सबै दल एवं उम्मेदवारले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा समाजका प्रशासनीय निर्देशक गणेशमान प्रधान, प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले निर्वाचनलाई स्वच्छ,भयरहित निश्पक्षरुपमा सम्पन्न गर्न आचारसंहिताको पालना आवश्यक भएको विचार राख्नुभयो।
कार्यक्रममा पूर्व कान्न सचिव फणिन्द गौतमले निर्वाचन आचार संहिताको प्रमख विषयहरुः सरोकारवालाहरुको भूमिका र आयोगका सह सचिव यज्ञप्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्यको निर्वाचनको खर्च र प्रचार–प्रसार विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरु, निर्वाचन कार्यालयका प्रमुख, अधिवक्ता , विभिन्न संघसंस्था, मानवअधिकार संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।–––