विराटनगर, ४ वैशाख ः ब्रम्हकुमारी राजयोग उपसेवाकेन्द्र कन्चनवारी विराटनगर–३ ले रजत जयन्तीको उपलक्ष्यमा पाँच दिवसीय विविध कार्यक्रमको आयोजना गर्ने भएको छ।
सेवा केन्द्रद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा वैशाख ६ गते निःशुल्क आँखा शिविर एवं रक्तदान ,वैशाख ७ गते शिक्षक तथा शिक्षाविद्हरुको स्नेह मिलन एवं सम्मान कार्यक्रम, वैशाख ८ गते संघ संस्था तथा समाजसेवीहरुको स्नेह मिलन एवं सम्मान कार्यक्रम रहेको छ।
यसैगरी वैशाख १२ गते कञ्चनवारीमा रहेको चार तल्ले भवन उद्घाटन, शान्ति पदयात्रा,रजत जयन्ती महोत्सव उद्घाटन, विश्व शान्तिको कामना गर्दै दीप प्रज्जवलन सांस्कृतिक कार्यक्रम गर्ने भएको केन्द्रकी प्रमुख रमा दिदीले जानकारी दिनुभयो ।
सो अवसरमा सेवा केन्द्रकी कोशी प्रदेश प्रमुख गीता दिदीले सकारात्मक विचारका आधारमा समाजमा सम्मान र सद्भाव कायम राख्नु पर्ने सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पि अधिकारीले सेवा केन्द्रको सहयोगमा विश्व प्रेस दिवसमा तनाव समाधान ध्यान शिविर संचालन गर्न पहल गर्ने बताउनु भयो ।
सेवा केन्द्रका तुलसीराम उप्रेती र खेमप्रसाद निरौलाले नेपालमा सेवा केन्द्र एक हजार पाँच सय रहेको र कन्ञ्चनवारी केन्द्रमा दैनिक १५० जना ध्यानका लागि दैनिक आउनु हुने जानकारीदिनुभयो ।–––