विराटनगर,९ वैशाख ः नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन सफल बनाउनका लागि सवैलाई साथ लिएर हिड्ने बताउनुभएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले त्यसका लागि सबै साथीहरुसँग सम्वादमा रहेको जानकारी गराउनुभयो ।
अध्यक्ष थापाले नेकां संघीय संसदमा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा ठूलो स्थानमा सत्तापक्ष रहेकोले हाम्रो काँधमा ठूलो जिम्मेवारी रहेको प्रष्ट पार्नुभयो ।
उहाँले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन, संविधानको कार्यान्वयन , भ्रष्टाचार नियन्त्रण र जनतासँग जोडिने सम्बन्धमा पूर्ण समर्थन एवं सहकार्य रहने बताउनु भयो ।
अध्यक्ष थापाले सरकारले गरेका कतिपय कामहरुप्रति प्रश्न उठाउँदा तथ्यका आधारमा र विकल्प सहित सुझाव दिने गरेको प्रष्ट पार्नु भयो । अध्यक्ष थापाले भन्नु भयो,‘ गत भदौ २४ को घटनाका सम्बन्धमा छानवीन आयोग बनाउन पार्टीको मांग रहेको छ ।’
एक प्रश्नको जवाफमा उहाँले विधिको शासनको सम्वन्धमा राज्यले प्रत्येक नागरिकको छानवीन गर्ने अधिकार हुन्छ भन्दै राज्यका निकायहरुले पनि कानुनको पालना गर्नुपर्नेजोड दिनु भयो ।––