विराटनगर, २ जेठ ः एभरेष्ट सेकेन्डरी स्कूल विराटनगर –५ ले आज विस २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण विद्यार्थीलाई अभिनन्दन गरेको छ ।
सो अवसरमा जिल्ला शिक्षा समन्वय समिति मोरङका प्रमुख शालिग्राम दाहाल र विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यार्थी र अभिभावकलाई विद्यार्थी र अभिभावकलाई खादा लगाएर र सम्मानपत्रले अभिनन्दन गर्नुभएको हो ।

शिक्षा समन्वय समितिका प्रमुख दाहालले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण उत्कृष्ट रहेको बताउनुभयो ।
उहाँले विद्यालयको शैक्षिक वातावरण, विद्यार्थीको मेहनत, अभिभावकको चासो र शिक्षकहरुको सिकाउने कलाले नै उत्कृष्ट रिजल्ट सम्भव भएको धारणा राख्नुभयो ।

प्रमुख दाहालले एभरेष्टमा सबै क्षेत्रको उत्कृष्ट संगम रहेको प्रमाणित भएको चर्चा गर्दै शतप्रतिशत उत्तिर्ण भएका विद्यार्थीलाई बधाई दिँदै उज्वल भविष्यको समेत कामना गर्नुभयो ।
विद्यालयका प्राचार्य पुरीले विद्यार्थी तथा अभिभावकलाई बधाई दिँदै कक्षा ११ र १२ को अध्ययन भनेको पूर्व विश्वविद्यालयको कोर्ष रहेकाले रुचि अनुसार गर्न सुझाव दिनुभयो ।
उहाँले एभरेष्टका विद्यार्थीहरुले कुनैपनि क्षेत्रमा असफल हुनु नपर्ने भन्दै सबै क्षेत्रमा सफल बनाउने उत्कृष्ट शैक्षिक वातावरण तयार पारिएको बताउनुभयो ।
प्राचार्य पुरीले भन्नुभयो,‘हामीले एभरेष्टलाई एउटा ब्राण्ड बनाइसक्यौं, अब हामी जीपीएको पछि छैनौं ।’

उहाँले एभरेष्टका शतप्रतिशत विद्यार्थीको ३.२५ भन्दा माथी जीपिए आउनु यसकै उदाहरण भएको बताउनुभयो ।
हाम्रा विद्यार्थी सबै क्षेत्रमा अब्बल छन् भन्दै प्राचार्य पुरीले पढाईमा होस या अनुशासनमा अव्वल रहेको धारणा राख्नु भयो ।
विश्वका विभिन्न मुलुकमा समेत पुगेर हाम्रा विद्यार्थीले आफ्नो अब्बलता प्रमाणित गरिरहेको भन्दै उहाँले एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई सकेसम्म कक्षा १२ सम्मको अध्ययन एभरेष्टमा नै गर्न समेत आग्रह गर्नुभयो ।

प्राचार्य पुरीले एभरेष्टले यसै वर्षदेखि काठमाडौं विश्वविद्यालयको बीआईटी कोर्ष समेत सञ्चालन गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य टीएन भण्डारीले एभरेष्टले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि खेलिरहेको भूमिकाको चर्चा गर्दै एसईई २०८२ को नतिजामा विराटनगरको अवस्था समेत प्रष्ट्याउनुभएको थियो ।
उहाँका अनुसार एभरेष्टका १९३ जना विद्यार्थीहरु निम्नानुसारको जीपीए ल्याएर उत्तिर्ण भएका छन् ।
क्र.सं. जीपीए उत्तिर्ण विद्यार्थी सङ्ख्या
१ ३.९५–४.०० १९
२ ३.९१–३.९२ २०
३ ३.८०–३.८८ ५१
४ ३.७०–३.७९ ६३
५ ३.६३–३.६९ २३
६ ३.२५–३.६० १७
जम्मा १९३ –––