विराटनगर,३ जेठ ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई राष्ट्रिय दलित आयोगको पाँचौ बार्षिक प्रतिवेदन आज वुझाएको छ।
प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) वमोजिम पाँचौ वार्षिक ( आव २०८१÷८२) प्रतिवेदन वुझाउनु भएको छ।

प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै समाजमा वसोवास गर्ने सवै समुदायले समावेशी रुपमा शिक्षा,स्वास्थ्य एवं रोजगारीमा अवसर प्राप्त गरेमा समाज र राष्ट्र समुन्नत हुने बताउनुभयो ।
उहाँले मुलुक सवै जातजातिे साझा भएको हुनाले समाजमा रहेको छुवाछुत अन्त्य हुनु जरुरी रहेको विचार राख्नुभयो।
प्रदेश प्रमुख खापुङले दलित समुदायमा माथि हुने विभेद अन्त्यका लागि कानूनको कडाईका साथ कार्यान्वयन हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।
आयोगका सदस्य सुन्दर पुर्कोटीले दलित माथि हुने विभेद र छुवाछुत अन्यका लागि तीन तहको सरकारले वर्ममान कानून कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।¬¬¬–––मनोज दाहाल÷९८४२०२००७७