विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै

Logo
Nav Nepal आइतबार, फाल्गुण २०, २०८०

 

विराटनगर, २० फागुन । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोरंग व्यापार संघको महिला उद्यम समिति र पारस मल्टिस्पेसियालिटी हस्पिटलको संयुक्त आयोजनामा विराटनगर १२ स्थित स्वास्थ्य चौकीमा २०८० फागुन २१ गते, सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

संघको महिला उद्यम समितिकी सचिव श्रीमति साधना झाज्यूका अनुसार सो कार्यक्रममा वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. कविता यादव, फिजिसियन डा. स्नेहा झा, डेन्टिस्ट डा. उपमा राय लगायतका चिकित्सकहरुबाट सबैका लागि निःशुल्क चेकजाँच तथा चिकित्सा परामर्शको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077