विराटनगर, १४ जेठ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद (इद उल अजहा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दीदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै त्याग, समर्पण, सहिष्णुता, आपसी सद्भाव र मानव सेवाको सन्देश बोकेको बकर इदले नेपाली समाजमा आपसी एकता, भाइचारा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभएको छ।

उहाँले यस पर्वले सबै समुदायबीच प्रेम, सम्मान, सहकार्य र आपसी विश्वास अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले भन्नुभएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो मुलुकमा यस्ता पर्वले विविधता बीचको एकता कायम गर्न उत्प्रेरित गरिरहेका हुन्छन् ।’
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो स्थापना कालदेखि नै सबै जातजाति, धर्म र संस्कृतिको सम्मान गर्दै तिनीहरूको संरक्षण र सम्वद्र्धनलाई विशेष प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ।
उहाँले प्रदेश सरकार आफ्ना सीमित स्रोत र साधनका बाबजुद पनि सबै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न निरन्तर प्रयत्नशील रहेको कुरामा जोड दिनुभएको छ।
अन्त्यमा, मुख्यमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायसहित सबै नेपाली दीदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।–––मनोज दाहाल÷९८४२०२००७७