विराटनगरमा ‘हिमालयन रोड किताव मेला–२०८३’

Logo
Nav Nepal शनिबार, जेठ १६, २०८३

विराटनगर ,१६ जेठ ः विराटनगरको ऐतिहासिक, प्राज्ञिक तथा सांस्कृतिक गरिमालाई प्रवद्र्धनका लागि एक दिने ‘ हिमालयन रोड किताव मेला २०८३‘ यही जेठ १७ गते आयोजना हुने भएको छ।
दिगो विकास इन्स्टिच्यूट, ग्रीन सिट भोलुन्टियर र नर्थसाउथ कलेक्टिभ्सद्वारा आयोजित सो मेलाका विषयमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरको हिमावय रोडमा आयोजना हुने एक दिने पुस्तक मेलाले पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै पाठक र लेखकहरुलाई सिधै जोडने उद्देश्य रहेको दिगो विकासका अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।
मेलाले वौद्धिक विमर्शको वातावरण सृजना गर्नु, समाजमा ज्ञानको पहुँचलाई सहज बनाउँदै नयाँ पुस्तामा अध्ययनप्रतिको रुचि र रचनात्मक चिन्तनको विकास गराउन यसले सहयोग पु¥याउने कलेक्टिभ्सकी नितु सेनले बताउनु भयो ।
मेलामा नेपाली, अग्रेजी लगायत विभिन्न भाषाको पुस्तक प्रदर्शनी, साहित्य कुना अन्तर्गत पाठकहरुलाई बसेर पढ्ने र साहित्यिक वातावरण रहने ग्रीन सिटीकी किर्ति मण्डलले जानकारी दिनु भयो ।
मेलमा साहियकारहरु खेमराज नेपाली, निर्मला कोइराला र कर्ण सन्जयको विराटनगरमा साहित्यः विगतदेखि वर्तमानसम्म विषयमा ,नेपाली वाङ्मय र विराटनगरका सम्बन्धमा मनु मन्जिल, दिनेश श्रेष्ठ र सगुना साहले आफ्नो धारणा प्रस्तुत गर्नु हुने छ ।
यसैगरी मेलमा कविता वाचन,सांस्कृतिक कार्यक्रम, नृत्य र कलाका विविध स्वरुपहरुको विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077