विराटनगर,२१ फागुनः यस क्षेत्रमा महिला क्रिकेटको विकास गर्न तेस्रो इक्युवालिटि कप क्रिकट –२०२४’ प्रतियोसिगता विराटनगरमा हुने भएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यही फागुन २२ गते २५ गतेसम्म विराटनगर–६ स्थित ज्वाला क्रिकट मैदानमा हुने नेपाल क्रिकेट फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक अभिषेक श्रेष्ठले जानकारी दिनु भएको छ।
मोरङ जिल्ला क्रिकट संघसँग समन्वयमा हुने २० ओभरको उक्त्त प्रतियोगितामा कोशीको मोरङ, इलाम र मधेश प्रदेशवाट सप्तरी र सिराहा जिल्लाको महिला खेलाडीहरुको सहभागिता हुने छ।
प्रतियोगितामा सबै जिल्ला टिमले एक अर्कासँँग खेल्ने छन् भने दुई टप टिम बीच फाइनल खेल हुने छ।
प्रतियोगिताले कोशी र मधेश प्रदेशमा महिला क्रिकेटको विकासमा सहयोग पुग्ने फाउण्डेशनका संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।
यस क्षेत्रका महिला खेलाडीमा खेलप्रति आत्मविश्वास रहेको र प्रतियोगिताले उनीहरुको कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने क्रिकट विद आउट वाउण्ड्रिका प्रशिक्षक रचना रामचन्दनले बताउनु भयो ।
यस्तै वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक वेलायती नागरिक काउपेड्रीले महिला खेलाडीमा क्रिकेटप्रति उत्सुकता रहेको पाएको जानकारी दिनु भयो ।
यस्तै अर्का स्वयंसेवक प्रशिक्षक एच लाम्वले महिलाहरुलाई घरपरिवारबाट खेल्न लगाइने बन्देज हटाउन चेतना वृद्धिको आवश्यक्ता रहेको उल्लेख गर्नु भयो ।
प्रतियोगिताका वाउण्ड्रिका छ जना स्वयंसेवक प्रशिक्षक आउनु भएको छन्। –––