विराटनगर, १८ जेठ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्न पर्यटन प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
ओरिन्टल पब्लिकेशनबाट प्रकाशित ‘ कोशीको गन्तव्य, अनुभव र सम्भावना’ नामक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले मुलुकको समृद्धि, रोजगारी र गरिबी निर्वारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षसम्म राज्यले पूर्वाधारका क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले थोरै पुँजीबाट अत्यधिक लाभ लिन सकिने यो क्षेत्र नेपालको लागि निकै महत्व छ भन्दै खनिजमा लगानी पनि धेरै लाग्ने र तत्काल लाभ लिन पनि नसकिने भएकाले पर्यटन क्षेत्र सबैभन्दा राम्रो विकल्प हो भत्रुभयो ।
मुख्यमन्त्री कार्कीले धार्मिक पर्यटक लागि पशुपातिनाथ र गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक ओसार्न सके मुलुकमा आर्थिक विकासको साथै व्यापार व्यवसाय, रोजगारी र स्थानीय उत्पादनको बिक्री पनि बढ्ने धारणा राख्नुभयो ।

पब्लिकेशनका प्रबन्धक हरि गौतमले कोशी हाम्रो लागि भाग्य, मौका र अवसर एवं पीडा पनि भएकाले यसको समग्र विकासमा जोड दिनुभयो ।
पुस्तक लेखक बासुदेव बरालले प्रकाशित किताब पर्यटन र पर्यटक क्षेत्रमा काम गर्नेलाई महत्वपूर्ण योगदान दिने भत्रुभयो ।
कार्यक्रममा साहित्यकार कृष्ण साह र सीमा आवासले पनि पुस्तकको बारेमा समीक्षा गर्नुभएको थियो ।–––