विराटनगर ,२१ जेठ ः विराटनगरको मेरिल्याण्ड कलेज विद्यार्थीको उत्कृष्ट रोजाईमा परेको छ । कलेज एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीको रोजाईमा परेको छ ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थी मध्ये ४५ जनाले ३ दशमलव ९ देखि ४.० जीपीए ल्याएका छन् कलेजका निर्देशक भेषराज पोखरेलले जानकारी दिनुभयो । कलेजमा ४.० जीपीए ल्याउने छ जना रहेको उहाँले बताउनुभयो । कलेजले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई आज यहाँ सम्मान गरेको छ ।

विद्यार्थीलाई कलेजका निर्देशक पोखरेल, प्राचार्य लक्षण ढकाल, हाँस्य कलाकार मनोज गजुरेल, विराटनगर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख रामप्रसाद ढुंगेल लगायतले सम्मान गर्नु भयो ।

कलेजले कक्षा ११ को प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने पाँच जना तल्हा खाँ, सुरजकुमार यादव, प्रनाप्रियम मेहता, सुदिक्षा झा, धैर्य जैनलाई पनि सोही अवसरमा सम्मान गरेको छ। अभिमुखीकरण कार्यक्रममा हाँस्य कलाकार गजुरेलले विद्यार्थीलाई एक हातमा प्रमाणपत्र अर्कोहातमा सीप पनि जरुरी भएको बताउनुभयो ।
कलेजका निर्देशक पोखरेलले मेरिल्याण्डका विद्यार्थी अहिले देशविदेशका विभिन्न उच्च तहमा पुगेको उहाँले बताउनुभयो ।

प्राचार्य लक्ष्मण ढकालले शिक्षा क्षेत्रमा मेरिल्याण्डको गर्विलो इतिहास रहेको बताउँदै स्थापनाको २४ वर्षको अवधिमा प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याइएरहेको जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई अनुशासनमा रहेर अध्ययन गर्न आग्रह गर्नु भयो । प्राचार्य ढकालले असार ४ देखि पठनपाठन शुरु हुने बताउनुभयो ।

विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिक्षाले व्यवहार परिवर्तन गर्ने बताउनुभयो ।

कक्षा ११ मा भर्ना भएका विज्ञान संकायका २०३ र व्यवस्थापन संकायका ६५० सहित ८५३ विद्यार्थीलाई कलेजले आज स्वागत तथा अभिमुखीकरण गरेको छ ।
कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।