अर्किड कलेज विराटनगर –नव आगान्तुक विद्यार्थीको स्वागत

Logo
Nav Nepal सोमबार, जेठ २५, २०८३

विराटनगर, २५ जेठ ः अर्किड कलेज विराटनगर–१० ले कक्षा ११ मा भर्ना भएका १९ औं ब्याचका नव आगन्तुक विद्यार्थीलाई आज स्वागत एवं अभिमुखीकरण कार्यक्रम सम्न्न गरेको छ ।
कलेजमा भर्ना भएका ७८७ विद्यार्थीलाई कलेजले स्वागत गरेको छ ।


कार्यक्रममा कक्षा ११ को प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा प्रवेश परीक्षामा विज्ञान तर्फ प्रथम नौसिन प्रविन प्रथम, दोश्रो ओम कर्ण, तेश्रो प्रतिश पराजुली, व्यवस्थापन सङ्काय तर्फ प्रथम हिमान्सुराज कुसवाह , दोश्रो आयुष्मान कुमारी झा र तेश्रो दिवाकरकुमार पोद्धारलाई सम्मान गरिएको थियो ।


अर्किड कलेजका अध्यक्ष अमित ढकालले विद्यार्थीहरुलाई सम्मान गर्दै कक्षा ११ र १२ भविष्यको आधारशिला भएको बताउनुभयो ।
विद्यार्थीहरु अनुशासनमा बस्न आग्रह उहाँले गर्नुभयो ।


निर्देशक दिपेश बाँस्तोलाले विद्यार्थीलाई सपना देख्न, लगनशिल बन्न र मेहनत गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ कक्षा ११–१२ को अध्ययन पुरा गरेपछि अर्किड रोजेर राम्रो गरेछु भन्ने हामी बनाउने छौं ।’


विस २०६५ सालदेखि नै कलेजले निरन्तरत रुपमा उत्कृष्ट नतिजा दिईरहेको उहाँले बताउनुभयो ।


कलेजका प्राचार्य मनिष भट्टराईले विद्यार्थीलाई स्वागत गर्दै कलेजले बाटो देखाउने काम गर्ने भन्दै अघि बढ्ने उर्जा विद्यार्थी आफैबाट आउनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ कलेज डिग्री हासिल गर्न मात्र हैन आफुलाई चिन्न र खोज्न सक्नु पर्दछ ।’


उहाँले पठनपाठनसँगै कलेजले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बन्न आग्रह गर्नुभयो ।


अर्किडमा भर्ना भएका विद्यार्थी मध्ये विज्ञान संकायमा ३०५ र व्यवस्थापन संकायमा ४८२ जना रहेका छन् ।
विज्ञान, कम्प्युटर, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा पठनपाठन हुँदै आएको छ ।


कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भाषा नृत्य प्रस्तुत गरेका थिए ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077