ग्रीनल्याण्ड कलेज विराटनगरद्धारा ७५० विद्यार्थीको स्वागत

Logo
Nav Nepal मंगलबार, जेठ २६, २०८३

विराटनगर २६ जेठ । ग्रीनल्याण्ड कलेज विराटनगर–१० ले कक्षा ११ मा भर्ना भएका ७५० विद्यार्थीको आज स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरको छ।
विज्ञान तथा व्यवस्थापन सङ्कायमा भर्ना भएका विद्यार्थीको आज विराटनगरमा आयोजित कार्यक्रममा स्वागत तथा अभिमुखीकरण गरिएको हो ।


कार्यक्रममा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले विद्यार्थीलाई असल व्यक्ति बन्ने लक्ष्य लिएर अघि बढ्न आग्रह गर्नुभयो ।
कक्षा ११ र १२ मा मेहनतले उज्जवल भविष्य निर्धारण हुने उहाँले बताउनुभयो ।


उपप्रमुख कार्कीले ग्रीनल्याण्डले विद्यार्थीको भविष्यलाई उचाईमा पुर्याउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ ग्रीनल्याण्डको विगतले पनि त्यो देआउँछ ।’


कलेजका प्रिन्सिपल दिनेश दाहालले भविष्यको निर्धारण ‘प्लस टु’को अध्यननले गर्ने उहाँले बताउनुभयो । भविष्यको अवसरको सम्भावना खोल्न दुई वर्ष महत्वपूर्ण हुने प्रिन्सिपल दाहालको भनाई छ । उहाँले भन्नुभयो,‘ कलेजको शैक्षिक वातावरण उपभोग गरि सर्वोत्कृष्ट हुन आग्रह गर्दछु ।’ कलेजको विगतको गर्विलो इतिहास कायम राख्नपनि विद्यार्थीलाई उहाँको आग्रह छ ।


कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अनिष भट्टराई, कलेजका भाईस प्रिन्सिपल ईश्वरीप्रसाद मिश्र, कक्षा ११ को ब्यवस्थापन संकाय तर्फको प्रवेश परीक्षामा प्रथम हुने समीक्षा मुडियारी, अभिभावक हरिनारायण चौधरीले ग्रीनल्याण्डलाई शैक्षिक वातावरण राम्रो भएको बताएका थिए ।

स्वागत तथा अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायन लगायतका सांगितिक प्रस्तुतीहरु दिएका थिए ।
ग्रीनल्याण्डमा विज्ञान, कम्प्युटर विज्ञापन, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा पठनपाठन हुँदै आएको छ ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077