नेकां वलियो भएमा मात्र लोकतन्त्र वलियो हुने –नेता डा कोइराला

Logo
Nav Nepal शुक्रबार, जेठ २९, २०८३

 

विराटनगर, २९ जेठ ः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकां बलियो भएमा मात्र लोकतन्त्रलाई बलियो वलियो हुने बताउनु भएको छ।
गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनद्वारा विराटनगरमा आयोजित श्रमिकहरुलाई दिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सचेचना तालीमको आज उद्घाटन गर्दै उहाले पार्टीलाई वलियो भएमा संविधानको कार्यान्वयन र लोकतन्त्र मजवुत हुने धारणा राख्नुभयो ।
नेता डा कोइरालाले नेकांको विशष महाधिवेशन पछि पार्टिभित्र देखिएको तिक्तता हटाउन पार्टीमा वृहत एकता आवश्यक रहेको चर्चा गर्नु भयो ।
उहाँले पार्टी संगठित बनाउन आफु एकता अभियानमा लागेको बताउनु भएको छ ।
डा कोइरालाले भन्नु भयो,‘ अहिले संघीय संसदमा सङ्ख्यात्मक रुपमा नेकां कमजोर अस्थामा रहेकाले पार्टीलाई एक ढिक्का वनाएर लैजानुको विकल्प छैन ।’
उहाँले पार्टीमा के कारणले विवाद आयो त्यो विषयमा नेतृत्व तहले सवैसँग वसेरे वार्ता एवं छलफलबाट समाधान खोज्नु जरुरी रहेको वताउनुभयो ।
अहिलेको अवस्थामा नेपाली कांग्रेस पार्टीमा वृहत एकता आवश्यक रहेको उहाँले वताउनु भएको छ ।
श्रमिकहरुको स्वास्थ्य सुरक्षा अपरिहार्य रहेको चर्चागर्दै उहाँले त्यस्का लागि श्रमिकसंग जोडिएका ट्रेड युनियनलाई थप संगठित र वलियो वनाउनु पर्नेमा जोड दिनुभयो ।
फाउण्डेशनकी अध्यक्ष सुधा दाहालले मजदुरको स्वास्थ्यप्र्रति सम्वेदनशील भएर सचेतना तालीमको आयोजना गरिएको जानकारी दिनुभयो।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077