विराटनगर,२२ फागुनः अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महिला क्रिकेटको विकास गर्न आजदेखि विराटनगरमा तेस्रो इक्युविालिटि कप महिला क्रिकट –२०२४’ प्रतियोगिता आजदेखि शुरु भएको छ।
नेपाल क्रिकेट फाउण्डेशनद्वारा सञ्चालित महिला क्रिकट प्रतियोगिता फागुन २५ गतेसम्म विराटनगर–६ स्थित ज्वाला क्रिकट मैदानमा हुने छ।
मोरङ जिल्ला क्रिकट संघसँग समन्वयमा भएको २० ओभरको उक्त्त प्रतियोगितामा कोशीको मोरङ, इलाम र मधेश प्रदेशवाट सप्तरी र सिराहा जिल्लाको महिला खेलाडीहरुको सहभागिता रहेको छ।
नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिता उद्घाटन गर्दै महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेल मैदानमा ल्याउन हामीसबै लाग्नु आवश्यक रहेको बताउनु भयो ।
उहाँले पुरुष खेलाडीले अन्तर्राष्ट्रियस्तरमा राम्रो खेले वापत प्राप्त भएको रकमकै कारण आज खेलाडीहरुलाई मासिक तलव दिन संघ समक्ष भएको चर्चा गर्नु भयो ।
प्रतियोगिताले कोशी र मधेश प्रदेशमा महिला क्रिकेटको विकासमा सहयोग पुग्ने फाउण्डेशनका संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतियोगितामा सबै जिल्ला टिमले एक अर्कासँँग खेल्ने छन् भने दुई टप टिम बीच फाइनल खेल हुने छ।
क्रिकेट विद आउट वाउण्ड्रिका प्रशिक्षक रचना रामचन्दनले यस क्षेत्रका महिला खेलाडीमा खेलप्रति आत्मविश्वास जगाउने र कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने बताउनु भयो ।
प्रतियोगिताका लागि वाउण्ड्रिका छ जना स्वयंसेवक प्रशिक्षक आउनु भएका छन्। –––