भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता

Logo
Nav Nepal बिहिबार, भाद्र १८, २०८३

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार साँझसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ भने चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार २०४ पुगेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका गरी कुल २१ हजार ३१४ सुरक्षाकर्मी मैदानमा खटिएका छन् । जसमध्ये नेपाली सेनाका नौ हजार १९९, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना जनशक्ति परिचालन गरिएको छ। सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले नदी किनार, पहिरोग्रस्त क्षेत्र र बाढी प्रभावित बस्तीहरूमा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077