मन्त्रिपरिषद् निर्णय

Logo
Nav Nepal बुधबार, फाल्गुण २३, २०८०

विराटनगर, २३ फागुन ः कोशी प्रदश सरकारले प्रदेशमा रहेका करारका कर्मचारीहरुको म्याद थप गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले मोरङ र झापामा हालै भएको आगलागीमा परि जलनमा परेका बिरामीको उपचार खर्च व्यहोर्ने, सामाजिक विकास मन्त्रालय पेश गरेको एजेण्डा स्वीकृत गर्नुका साथै सोही मन्त्रालयले अन्तर प्रदेश खेलकुद प्रतियोगिताका लागि माग गरेको बजेट दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले जानकारी दिनुभयो ।
सरकार प्रवक्त्ता समेत रहुन भएको मन्त्री राईले प्रदेशको नामकरणका विषयमा सङ्घर्ष समितिसँग सरकारले वार्ता गरिरहेको र वार्तामा आएका विषयमा छलफल गरी निर्णय गरेको जानकारी दिनुभयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077