विराटनगरमा ‘फोर स्टार’ म्याट्रेस स्टुडियो

Logo
Nav Nepal शनिबार, कार्तिक ०१, २०८३

विराटनगर ३१ असोज । विराटनगर–३ गोग्राह चोकमा फोर स्टार म्याट्रेस स्टुडियो आजदेखि सञ्चालनमा आएको छ ।
बेड तथा म्याट्रेसका विभिन्न प्रकारका उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्टुडियोको स्थापना गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्टुडियोको उद्घाटन गर्दै स्टुडियोको उद्घाटन गर्दै आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्वदेशमै उत्पादित वस्तुको प्रयोगले स्थानीय उद्योगको विकाससँगै रोजगारी सिर्जनामा समेत योगदान पु¥याउने धारणा राख्नु भयो ।

अध्यक्ष राउतले नयाँ स्टुडियो सञ्चालनमा आउनु सकारात्मक भएको उल्लेख गर्दै यसले स्थानीय बजारमा सेवा विस्तार र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
फोर स्टार म्याट्रेस कम्पनीका अध्यक्ष ताराबहादुर कट्वालले दैनिक आठ घण्टा आराम गर्ने ओछ्यानलाई अझै पनि पर्याप्त नागिरिकले प्राथमिकता नदिने गरिएको बताउनुभयो ।
उहाँले मानिसको स्वास्थ्य एवं आरामसँग प्रत्यक्ष जोडिएको ओछ्यानको महत्वलाई ध्यानमा राखेर बेड तथा म्याट्रेसका उत्पादनलाई स्टुडियोका रूपमा ग्राहकसमक्ष ल्याइएको जानकारी दिनु भयो ।
उहाँले कम्पनीका उत्पादनमा वारेन्टी तथा ग्यारेन्टीको व्यवस्था रहेको उल्लेख गर्दै स्वदेशी उत्पादनको गुणस्तर र सेवामा जोड दिनुभयो ।
सुनसरीको इटहरीमा एक दशकदेखि सञ्चालन हुँदै आएको फोर स्टार कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा विराटनगरमा स्टुडियो स्थापना गरेको हो ।

विराटनगरका सञ्चालक दिवश बजगाईंले बेड तथा म्याट्रेसलाई मात्रै केन्द्रमा राखेर स्थापना गरिएको स्टुडियो नेपालकै पहिलो भएको दाबी गर्नुभयो ।
उहाँले स्टुडियो स्थापनामा रु एक करोड लगानी गरिएको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा फोर स्टारकी ब्रान्ड एम्बेसडर सम्भावना भण्डारी, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष बासुबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै ग्राहकलाई बेड तथा म्याट्रेसका विभिन्न विकल्प उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको स्टुडियोले विराटनगर तथा आसपासका क्षेत्रका उपभोक्तालाई लक्षित गरेको सञ्चालक बजगाईंले बताउनुभयो ।
स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा निद्रालाई आरामदायी बनाउन उपयोगी उत्पादन उपलब्ध हुने सञ्चालकले बताएका छन् ।
ग्राहकको आवश्यकता र बजेटअनुसार रु १० हजार देखि रु दुई लाखसम्मका उत्पादन स्टुडियोमा उपलब्ध रहेको जनाइएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077