कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा घरेलु टोली कोशीलाई पराजित गर्दै आर्मी सेमिफाइनल, दोस्रो खेलमा वागमतीको पहिलो जित

Logo
Nav Nepal मंगलबार, फाल्गुण २९, २०८०
विराटनगर, २९ फागुन ः मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभूवन आर्मी क्लव र वागमती विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मङ्गलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा चार खेल खेलेको कोशीले एकमा जित र तीन खेलमा पराजित भएको छ । कोशी दुई अङ्कका साथ तेस्रो स्थानमा रहेको छ भने आर्मीले लगातार तीन खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आर्मी छ अङ्कका साथमा शिर्ष स्थानमा  छ । आर्मीले अव एपिएफसँग बुधबार दिउँसो लिगको अन्तिम खेल खेल्ने छ । सवै चार खेलेको कर्णालीले दुई मा जित र दुई मा पराजित भए पछि चार अङ्ककासाथ दोस्रो स्थानमा रहेको छ भने दुई खेलमा एकमा जित र एकमा पराजित भएको एपिएफ दुई अङ्कका साथ तालिकामा चौथो स्थानमा रहेको छ ।
टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा छ विकेट गुमाई १३५ रनको योगफल तयार पारेको थियो । कोशीका लागि दिपेश कँडेलले ३६ बलमा दुई छक्का र दुई चौका प्रहार गरी अविजित ४० रन बनाउँदा श्रवण यादवले १४ बलमा पाँच चौका प्रहार गदै २९ रन बनाए ।
त्यस्तै अनिल लामिछानेले २१ रन र सुजन थपलियाले १४ रनको योगदान दिए । आर्मीका त्रितराज दासले दुई विकेट लिँदा पवन कार्कीले पनि दुई विकेट लिए ।
जवाफमा १३६ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव चार बलमा पाँच विकेट गुमाई लक्ष्य पार गरेको थियो । आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ३२ बलमा दुई छक्का र चार चौका प्रहार गरी ३५ रन जोड्दा सन्तोष कार्कीले २४ रन जोडे । कोशीका श्रिवण यादव र ज्ञानेन्द्र श्रेष्ठले दुई÷दुई विकेट लिए ।
दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरिएकोे वागमती प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको छ । जितसँगै वागमती समुह वि मा तीन खेलमा एकमा जित र दुईमा पराजित हुँदै दुई अङ्कको साथ तस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको चारै खेलमा पराजित अङ्क विहीन भएर घर फर्किएको छ ।
टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाई १५० रनको स्कोर बनाएको थियो । गण्डकीका लागि ४७  बलमा एक छक्का र नौ चौका प्रहार गरी ६२ रन बनाउँदा अविशेक थापाले २३ रनको योगदान दिए । वागमतीका  इसान पाण्डेले दुई विकेट लिँदा रामनरेश गिरी, दिपेश श्रेष्ठ र तिलक भण्डारीले समान एक÷एक विकेट लिए ।
जवाफमा १५१ रनको लक्ष्य पाएको वागमतीले १९ दशमलव दुई बलमा छ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । वागमतीको जितमा प्लेयर अफ द म्याच रामनेश गिरी २७ बलमा तीन छक्का र चार चौका प्रहार गरी अविजित ५० रनको पारी खेले त्यस्तै रविन जोशीले अविजित ३२ रन बनाउँदा आशसतोष घिरैयाले २९ रनको महत्वपूर्ण योगदान दिए । गण्डकीका सुवास भण्डारीले तीन विकेट लिँदा सन्दिप राजुली र अविशेक थापाले एक÷एक विकेट लिए ।
बुधबारको  पहिलो खेल पुलिस र लुम्बिनी तथा दोस्रो खेल दुई विभागीय टोली आर्मी र एपिएफबीच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077