महानगरद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना 

Logo
Nav Nepal बुधबार, फाल्गुण ३०, २०८०
विराटनगर, ३० फागुन ः  विराटनगर महानगरपालिकाले वडा नं १८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो शिविरमा पाँच हजार मानिसले स्वास्थ्य जाँच गराएका छन् ।
आर्थिक अभावका कारण गरिब तथा विपत्र व्यक्त्तिहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ ।
महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट रोगको पहिचान भई समयमै उपचार हुँदा बिरामी चाँडै निको हुने गरे गरेका छन् ।
स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अनुगमन आज अनुगमन गर्दै  शिविरमा आउने नागरिकलाई कुनै समस्या हुन नदिन चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिनुभयो । महानगरले भौतिक पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिएको उहाँको भनाइ थियो ।
विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सुगर, रक्त्तचाप, क्षयरोग, बालरोग, यौनरोग, स्त्री तथा प्रसूति रोग, आँखा, कान, दन्त, फिजिसियन लगायतका सेवा उपलब्ध गराइएको महानगरको स्वास्थ्य महाशाखाका भोला तिम्सिनाले जानकारी दिनुभयो ।
शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । सो अवसरमा महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नं १८ का अध्यक्ष जितेन्द्र साहलगायतले वडावासीलाई सहज होस् भनेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो ।  महानगरले गत वर्ष पनि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077