नेवा ःखल कास्कीलाई रु दुई लाखको नगद सहित सुदर्शन –कोपिला पुरस्कार प्रदान

Logo
Nav Nepal शुक्रबार, चैत्र ०२, २०८०
विराटनगर,२ चैत ः नेपाल भाषा सांस्कृतिक संघ(झि ःपुच) विराटनगरले   आज यहाँ नेपाल भाषामा योगदान दिने कास्की जिल्लाको नेवाः खललाई  सुदर्शन – कोपिला पुरस्कारबाट सम्मान गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री  बिजयकुमार गच्छदार र कोशी प्रदेशका  पर्यटन, वन तथा वातावरणमन्त्री गणेश प्रसाद उप्रेतीले नेपाल भाषा क्षेत्रमा दुई दशकदेखि योगदान दिएको खलका अध्यक्ष अशोक पालिखेलाई रु दुई लाख सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको छ।
यसअघि उक्त उक्त सम्मानसंस्कृतिविद् सत्यमोहन जोशी र सिक्किम नेवा गुठीलाई प्रदान गरिएको थियो ।
सो अवसरमा पूर्व उपप्रधकानमन्त्री गच्छदारले मुलुकमा रहेका विभिन्न जात जातिको भाषा , संस्कृति ,भेषभुषाको संरक्षणवाट समृद्धि कायम हुने बताउनु भयो ।
उहाँले लोकतन्त्रमा लोपन्मुख हुने समुदायका भाषा र संस्कृति संरक्षणमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री उप्रेतीले  नेवार समुदाय आफ्नो भाषा, संस्कृतिप्रति धनि रहेको चर्चा गर्दै  मुलुकको आर्थिक चलायमान गराउनमा समुदायको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
उहाँले  यो समुदायको प्रजातन्त्र र लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै संघीयतालाई सफल कार्यान्वयनमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
संघका अध्यक्ष भविष श्रेष्ठ, राजन श्रेष्ठ श्रेष्ठ र दिनेश श्रेष्ठले झिःपुलले यही वर्ष जातिय संग्राहलय निर्माण गरी सञ्चालन गर्ने जानकारी दिनु भयो ।
सोही अवसमार पूर्व उपप्रधानमन्त्री गच्छदार र मंत्री उप्रेतीले संघद्वारा प्रकाशित स्मारिकका विमोचन गर्नु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077