विराट गोल्डकप फुटबल प्रतियोगिता– दिवारात्रिकालिन हुने 

Logo
Nav Nepal मंगलबार, चैत्र ०६, २०८०
विराटनगर,६ चैत । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठांँ संस्करण  यही चैत १५ गतेदेखि २४ गतेसम्म विराटनगरको शहीद रङ्शालामा हुने भएको छ ।
विराट गोल्ड कप  ट्रष्टद्वारा  आज यहाँ पत्रकार आयोजित सम्मेलनमा प्रतियोगितामा भारतको दुई, भुटानबाट एक र नेपाली सात क्लब गरि १० क्लबको सहभागिता रहने जानकारी जानकारी दिइयो ।
दिवारात्रीकालिन समयमा हुने गोल्डकपमा नेपालका शहिद स्मारक ए डिभिजन विजेता चर्च ब्वाईज, विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपीएफसी, न्यूरोड टिम, मच्छिन्द्र फुटबल क्लब र सांग्रिला मोरङ एफए रहने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनु भयो ।
यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको थिम्पुबाट आरटिसी फुटबल क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्ने  छन् ।
गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
ट्रष्टका संरक्षक विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको गौरव गोल्डकपको सफलताका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिदै  महानगरले यसपटक रु १२ लाख रुपैया गोल्डकपलाई र रु १० लाख रङ्शाला मर्मतलाई उपलव्ध गराउने जानकारी दिनु भयो ।
गोल्डकप आयोजनाका लागि अनुमानित करिब रु १ करोड १८ लाख ४३ हजार दुई सय लाग्ने  अनुमान गरिएको ।
गोल्डकपको अघिल्लो संस्करणमा विराटनगर सिटी फुटबल क्लबले भारतको लुका सकरलाई चार शुन्यले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077