विराट गोल्डकप फुटबल प्रतियोगिता –मोरङको साङ्ग्रीला क्लव भूटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश   

Logo
Nav Nepal आइतबार, चैत्र १८, २०८०
विराटनगर,१७ चैत ः विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा  रात्रिकालिन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठांँे संस्करणको शनिवार राति भएको खेलमा   मोरङको साङ्ग्रीला फुटवल क्लव विजयी भएको छ।
मोरङको साङ्ग्रीला फुटवल क्लवले भूटानको आरटिएफसी लाई ३–२ ले पराजित गरेको छ।
मोरङको साग्रीला क्लवका   जर्सी नं ९ का असिश चापागाई २६ मिनेटमा  र जर्सी नं १० सुसिल राईले ३३ मिनेटमा  मध्यान्तर अगाडि एक ÷ एक गोल गरेका थिए ।
यसै गरी मध्यान्तर पछि  ५० मिनेटमा साग्रीला क्लवका जर्सी नं ७ का खेलाडी स्याङले थप एक गोल गरेका थिए भने भूटानका खेलाडी जर्सी नं ३ का सोरव दार्जेले ६५ र ७४ मिनेटमा एक÷ एक गरी दुई गोल गरेका थिए ।
आजको खेलको प्लेयर अफ द म्याच   साङग्रीला क्लवका  महेन्द्र कार्की घोषित हुनुका साथै साथै नगद रु ११ हजार प्राप्त गरेका छन् ।
रात्रीकालिन गोल्डकपमा नेपालका शहिद स्मारक ए डिभिजन विजेता चर्च ब्वाईज, विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली, न्यूरोड टिम, मच्छिन्द्र फुटबल क्लब र सांग्रिला मोरङ एफए रहने उहाँले बताउनु भयो ।
यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको थिम्पुबाट आरटिएफसी फुटबल क्लबले गोल्डकपमा प्रतिस्पर्धा गरेका छन् ।
गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
आइतबारको खेल काठमाण्डौंको एनआरटी फुटबल क्बल र भारतको  सिक्किम डे«गान बीच हुनेछ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077