पार्टी भित्रका कलङ्कित नेतालाई विदाई गर्नु आवश्यक रहेको– नेका उपसभापति गुरुङ

Logo
Nav Nepal शनिबार, चैत्र २४, २०८०
विराटनगर, २४ चैत । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीभित्र रहेका कंलङिकत नेतालाई अव विदाई गर्नु आवश्यक रहेको बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड यूनियनको ११ औँ केन्द्रीय परिषदको दुई दिने भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले नेकांले नेपाली राजनीतिमा सुद्धिकरण गर्न यसको  नेतृत्व लिनु पर्नेमा जोड दिनु भयो ।
उपसभापति गुरुङले पार्टीका सबै कार्यकर्ताहरु लोकतन्त्र र संघीयताको प्रवद्र्धन गर्न लाग्नु पर्ने बताउँदै सत्तालाई गौण ठानी समग्र जनतालाई पक्षमा कार्य गर्नुपर्नेमा जोड दिनु भयो
पूर्वमन्त्री  गुरुङले मुलुकमा अहिले त्रिसंकु संसद रहेको  अवस्थामा कहिले एउटा, कहिले अर्को पार्टी सरकारमा सहभागी हुनु सामान्य हो  भन्दै यस विषयमा धेरै चिन्ता लिनु आवश्यक नभएको चर्चा गर्नु भयो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको संविधान अनुसार प्रदेश सरकार सञ्चालन भइरहेको  बताउँदै कोही अदालत जान्छ भने हामी समेत मुद्दा लड्न तयारी साथ वसेको प्रष्ट पार्नु भयो ।
उहाँले वर्तमान प्रदेश सरकारले जनभावना अनुसार कार्य गर्ने प्रतिवद्धता व्यक्त्त गर्दै विकासको प्रतिफल जनताको घर÷घरमा पु¥याउने अठोट दोह¥याउनु भयो ।
मुख्यमन्त्री कार्की भौतिक विकासको दीर्घकालिन स्थायित्वका लागि मानवीय विकासमाका लागि प्रदेशका जहेन्दार विद्यार्थीहरुर्ला प्राविधिक शिक्षाका अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको  बताउँदै  सरकारले १० वर्ष मुनिका लागि बालिबालिकाको निःशुल्क उपचार व्यवस्था समेत गरेको जानकारी दिनु भयो ।
उहाँले कृषिलाई विद्युतसंग जोड्नु पर्ने बताउँदै यसले  मुलुक कृषिमा आत्मनिर्भर हुनुका  र विद्युतको उत्पादन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनु भयो ।
ट्रेड युनियनका केन्द्रीय अध्यक्ष   जनार्दन भट्टराई, प्रदेशका पूर्वमन्त्री गयानन्द मण्डलले संघीय लोकतन्त्रमा जनताले आफ्नो घर अगाडि सरकारको अनुभूति प्राप्त गरेको यसको सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।
भेलामा ७७ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ। –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077