कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य वीमा कार्यक्रममा आवद्ध

Logo
Nav Nepal आइतबार, चैत्र २५, २०८०

विराटनगर,२५ चैत । नेपाल सरकारले नागरिकहको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य वीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनु भएको छ ।
स्वास्थ्य वीमा वोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य वीमा’ आठौँ स्वास्थ्य वीमा वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्त्ताहरुले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा वीमितले समेत अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राख्नु भयो ।
उहाँहरुले राज्यले धेरै ठूलो अपेक्षा राखि शुरु गरेको यस कार्यक्रमलाई हामीसबैले सफल गरी संरक्षण गर्नुपर्ने बताउनु भयो ।
हाम्रो अस्पताल विराटनगरका प्रमुख डा. शंकरप्रसाद अधिकारीले स्वास्थ्य वीमा कार्यक्रमले न्यूनतम रकममा अधिकतम स्वास्थ्य उपचार सेवा प्राप्त हुने भएकोले सम्पूर्ण नागरिकले वीमा गर्न आग्रह गर्नु भयो ।
वोर्डका प्रदेश संयोजक अर्जुन पण्डितले वोर्डले मुलुकभरी गत वर्ष १६ अर्व र चालु वर्षको आठ महिनाको अवधिमा चार पटक गरी रु आठ अर्व सेवा प्रदायक स्वास्थ्य सेवा संस्थालाई भुक्तानी गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने विभिन्न स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा विराटनगर–३ कि उत्कृष्ट वीमा दर्ता सहयोगी विमला खनाललाई सम्मान गरिएको थियो ।
प्रदेशमा कूल विमित परिवार सङख्या चार लाख ४४ हजार ९११, कूल विमित जनसङख्या २३ लाख नौ हजार ८५५ जना(४७ प्रतिशत) , सेवा लिनेको वीमितको सङख्या ११ लाख तीन हजार ४३४ जना (४८ प्रतिशत) र नविकरण गर्ने वीमितको सङख्या ७७ दशमलव २९ प्रतिशत रहेको वोर्डद्वारा उपलव्ध तथ्याङकमा उल्लेख गरिएको छ।
प्रदेश वोर्ड अन्तर्गत सरकारी ८०, सामुदायिक चार र नीजि २२ गरी १०६ सेवा प्रदायक स्वास्थ्य संस्था आवद्ध रहेका छन् ।
हालसम्म नेपालमा ७७ लाख ४१ हजार ४५३ जना( २२ दशमलव ५४ प्रतिशत) नागरिक स्वास्थ्य वीमा कार्यक्रममा आवद्ध रहेका छन् ।
वोर्डले लक्षित वर्ग वाहेक स्वास्थ्य वीमा सेवाको दुरुपयोग रोक्नका लागि सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा जम्मा रकमको १० प्रतिशत भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077