रु दुई अर्व ५० करोडको लागतमा निर्माण गरिएको सामुदायिक अस्पतालमा विपन्न समुदायलाई ५० प्रतिशत सहुलियत दिने

Logo
Nav Nepal मंगलबार, चैत्र २७, २०८०

 

विराटनगर, चैत ः मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पत्र एक नयाँ अस्पताल स्थापनाले स्थानीयबासी हर्षित भएका छ ।
सीमावर्ती ग्रामीण क्षेत्रमा बसोवास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन सामुदायिक अस्पताल सञ्चालनको अन्तिम अवस्थामा पुगेकाले स्थानीय जनता खुशी देखिएका हुन् ।
जीवन विकास लघु वित्तसंस्थाले विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिका वडा नं २ हल्दिबारीमा रु अर्ब ५० करोडको लागतमा सात तल्ले जीवन विकास सामुदायिक अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
हाल एउटा भवन रु ६४ करोड लागतमा निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुईवटा भवन निर्माण हुने अस्पतालका अध्यक्ष एवं मोरङ निर्वाचन क्षेत्र नं ५ का सङ्घीय सांसद योगेन्द्र मण्डलले जानकारी दिनु भयो ।
कटहरी बजारको चोकवाट दक्षिण दुई किलोमिटर दूरीमा रहेको अस्पताल सञ्चालनबाट स्थानीय नागरिकले अवसर र रोजगारी प्राप्त गर्ने भएका छन् ।
रकमको अभावमा नागरिकहरुले स्वास्थ्य उपचार गर्न नपाई मृत्यु हुन नपरोस् हेतुले अस्पताल निर्माण गरिएको सांसद मण्डलको भनाई छ ।
उक्त्त सामुदायिक अस्पताल हाललाई १०० शय्या र आफ्ना क्षेत्रका नागरिकको उपचारमा ५० प्रतिशत सहुलियत सहित स्वास्थ्य बीमा समेत लागु गर्ने अस्पतालले नीति बनाएको छ ।
यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन सुकुम्बासी, गरिब, किसान, मण्डल, कृषक र ऋषिदेव लगायत उपचारका लागि विराटनगर आउनु पर्दा निकै सास्ती व्यहोर्नु परेको थियो ।
आफ्नै घर आँगनमा उपचार पाउने आशा पलाएपछि म निकै खुशी भएको स्थानीय रवि मण्डलले जानकारी दिनुभयो ।
आगामी वर्ष २०८१ सालको असोज महिनामा अस्पताल सञ्चालनमा ल्याउने गरी काम तीव्र गतिमा भइरहेको छ ।
अस्पतालमा अत्याधुनिक प्रयोगशाला,दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले नागरिकहरुलाई सेवा प्रवाह गर्ने छन् ।
अन्य क्षेत्रका सरकारी तथा नीजि अस्पतालमा लागु गरेको शुल्क अध्ययन गरी त्यसमा न्यूनतम शुल्कमा नागरिकहरुलाई सेवा प्रदान गरिने सांसद मण्डलले बताउनु भयो ।
अस्पतालमा उपलव्ध गुणस्तरीय सेवाका कारण सीमावर्ती भारतीय जिल्लाका नागरिकहरुको आकर्षण वृद्धि भई सेवा लिन आउने हुनाले यसबाट मुलुकमा विदेशी मुद्राको आर्जन समेत हुने विश्वास उहाँले व्यक्त्त गर्नु भयो ।
अस्पताललाई भविष्यमा तीन सय शय्याको रुपमा विस्तार गरी स्वास्थ्य सेवासँग सम्बन्धित विभित्र विषयहरु सहित चिकित्शास्त्रको अध्यापन गराउने लक्ष्य रहेको उहाँले बताउनु भयो ।
कटहरी गाउँपालिका वडा नं २ सुकुम्वासी बस्तिकी ३५ वर्षिया रेवतीदेवी ऋृषिदेवले गाउँमा असपताल स्थापनाले सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध हुनका साथै रोजगार समेत प्राप्त हुने विश्वास व्यक्त्त गर्नुभयो ।
उहाँले भत्रुभयो, ‘ देश र समाजको विकास गर्न सांसद मण्डल जस्तै अरुले सोच दिएको भए हाम्रो देश वास्तवमा समृद्ध हुन्थ्यो ।’
यसैगरी सोही वडाका सिटि सफारी चालक कपुरी ऋषिदेवले धनिले ठूलो शहरमा उपचार गराउन सक्ने तर हामीजस्ता गरिबका लागि घरआँगनमा अस्पताल स्थापनाले स्वास्थ्य उपचार गर्न सहज हुने र स्वास्थ्य बीमा पनि लागु भयो भने झन हामीलाई सहुलियत हुन्थ्यो भत्रुभयो ।
सामाजिक र रचनात्मक कार्यमा विशेष योगदान रहेको सांसद मण्डलले ग्रामीण क्षेत्रमा जनतालाई आवश्यक पर्ने स्वास्थ्य, शिक्षा र रोजगारमा अवसर पु¥याउँदै लैजाने विश्वास व्यक्त्त गर्नुभयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077