विराट मोडेल कलेज– बिदाई  एवं  स्वागत 

Logo
Nav Nepal बिहिबार, चैत्र २९, २०८०
विराटनगर । विराटनगर– ९ मा रहेको विराट मोडेल कलेजले  आज यहाँ स्वागत तथा बिदाई कार्यक्रम आयोजना गरेको छ   ।
  विराटनगरमा विहीबार एउटै मञ्चमा एक कार्यक्रम आयोजना गरि स्वागत तथा बिदाई कार्यक्रम आयोजना गरेको हो ।
विविएस र विएड पहिलो वर्षका २५० जना विद्यार्थीलाई स्वागत गरिएको छ ।
यसैगरी  चौथो वर्षका विविएस र बिएडका १०२ जना विद्यार्थीलाई कलेजले बिदाइ गरेको छ ।
 सो अवसरमा त्रिभुवन विश्वविद्यालयका परीक्षा सहनियन्त्रक डा.डिल्ली प्रसाईले गुणस्तरीय अध्यापनले कलेजमा विद्यार्थीहरुको आकर्षण वृद्धि भएको खुशी व्यक्त्त गर्नु भयो ।
कलेज ब्ययस्थापन समितका अध्यक्ष डा.जनक अधिकारीले विद्यार्थीहरुलाई दक्ष एवंं रोजगारीमुलुक शिक्षा उपलव्ध गराउनु प्रमुख लक्ष्य रहेको धारणा राख्नु भयो ।
प्याब्सन मोरङका कोषाध्यक्ष बिष्णु डंगोल, कान्तिपुर कलेजका आचार्य भुवन नेपालले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कलेजका सञ्चालक देविलाल महतो ,प्रवन्धक निर्देशक ओमप्रकाश राजवंशीले कलेजले  आगामी दिनमा विद्यार्थीहरुलाई योग्य एवं सक्षम बनाउन योजनाहरुको विषयमा जानकारी दिनु भयो ।
विविएस र विएडका कक्षाहरु सञ्चालन रहेको कलेज विस२०६५ सालमा स्थापना भएको थियो ।
विस २०७९ बाट नयाँ ब्यवस्थापनमा सञ्चालनमा रहेको छ । कलेजमा एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077