बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक

Logo
Nav Nepal आइतबार, बैशाख ०२, २०८१
विराटनगर,२ वैशाख ।  नेपालमै पहिलो पटक बास्केटबल खेलको विकास एवं युवा एवं युवतीहरुलाई यसप्रति आकर्षण गर्न  वार्षिक कार्यक्रम  आज यहाँ सार्वजनिक गरिएको छ ।
  विराटनगर बास्केटबल एकेडेमीले आज यहाँ सार्वजनिक गरेको वार्षिक कार्यक्रमहरुमा वैशाख र जेठ महिनामा एसइई लक्षित विद्यार्थीहरुवीचको  ट्यालेण्ट हण्ट प्रतियोगिता हुने छ ।
यस्तै जेठ महिनामा अण्डर– १६ पुरुष र महिलाको अन्तर प्रदेश बास्केटबल प्रतियोगिता ,साउन महिनामा विराटनगरको स्कुलहरुलाई लक्षित गरि निःशुल्क बास्केटबलको तालिम दिने  एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिनु भयो ।
यस्तै भदौमा  पाँचौँ पुरुष र महिलाको अन्तर स्कुल बास्केटबल लिग,असोजमा कर्पोरेट तीन÷तीन प्रतियोगिता,कात्तिकमा मेयर कप,मङ्सिरमा मिनी बीबीए फेस्ट २.०, पुसमा पुनः निःशुल्क बास्केटबलको तालिम दिने र फागुनमा  अण्डर १८ राष्ट्रिय बास्केटबल प्रतियोगिता संचालन गर्ने एकेडेमीले  खेल तालीका सार्वजनिक गरेको छ ।
बास्केटबल खेलको वार्षिक कार्यक्रम सफल बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न   एकेडेमीका अध्यक्ष लम्साल अनुरोध गर्नु भएको छ ।
यसलाई विकासका लागि आगामी दिनमा समेत निरन्तरता दिँदै जाने आयोजकले प्रतिवद्धता जनाएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077