राप्रपाको विरोध प्रदर्शन–डाँगीलाई शहीद घोषणा गर्न माग

Logo
Nav Nepal मंगलबार, बैशाख ०४, २०८१

विराटनगर,३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रादेशिक कार्यसमित (ख) क्षेत्र नं. ६ मोरंगले गत चैत २७ गते काठमाण्डौंमा वृहत जनप्रदर्शनमा घाइते भई उपचारको क्रममा मृत्यु हुनु भएका ठाकुरप्रसाद डाँगीको निधनको विरुद्धमा आज विराटनगरमा विरोध प्रदर्शन गरिएको छ।
विरोध सभामा केन्द्रिय सह–प्रवक्ता दिनेश शाहले सरकारको दमनकारी नीतिको घोर भत्र्सना गर्दै निधन भएका डाँगीलाई उचित क्षतिपूर्ति सहित शहीद घोषणा गर्न माग गर्नु भएको छ।
विराटनगर–९ स्थित गुद्रीको पिपल बोट छेउमा गरिएको विरोध सभामा केन्द्रिय सदस्य मनोज बस्नेत, जिल्ला उपाध्यक्ष राजेश मास्के, महानगर अध्यक्ष विकास लिम्बु ,जिल्ला त्रेय नेता सावित्रा न्यौपाने, शम्भु भट्टराई, अशोक पौडेल, क्षेत्रीय अध्यक्ष रतन तामाङ्ग समेतले सरकारको दमनकारी निति प्रति घोर आपत्ति प्रकट गरेको थिए ।
कार्यक्रम मोरंग क्षेत्र नं. ६ प्रदेश ख का प्रादेशिक अध्यक्ष अनुपमा शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077