बारुणयन्त्र चुस्तदुरुस्त राख्नु पर्ने

Logo
Nav Nepal मंगलबार, बैशाख ०४, २०८१
विराटनगर, ४ वैशाख ः आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीन वटै बारुणयन्त्रलाई व्यवस्थित गरी राखिएको छ । महानगरसित पाँच हजार लिटर क्षमताको दुईवटा र तीन हजार लिटर क्षमताको एउटा दमकल रहेको छ ।
जसमा पाँच हजार लिटरका दुईवटा बारुणयन्त्र पुष्पलालचोकमा र तीन हजार लिटर क्षमताको बारुणयन्त्र विराटनगर–१४ जतुवास्थित पुरानो वडा कार्यालयमा राखिएको बारुणयन्त्रको जिम्मेवारी सम्हाल्नु भएका कर्मचारी राजन पौडेलले जानकारी दिनुभयो ।
  महानगरले दमकलमा पानी भर्नका लागि केही महिना आगाडि सन्सारीमाईस्थानमा डिप बोरिङ सञ्चालन ल्याएको थियो । हाल पुष्पलालचोक, महानगर परिसर, सन्सारीमाईस्थानबाट दमकलमा पानी भर्ने गरिएको छ । महानगर क्षेत्रभित्र सात÷आठ ठाउँबाट पानी भर्ने गरी व्यवस्था मिलाइएको बताइएको छ ।
सुख्खा तथा खडेरी मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभयो ।
उहाँले यस्तो विपद्को घटनालाई समयमै नियन्त्रण गर्न सकियो भने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्दै दुःख गरेर आर्जन गरेको सम्पतिलाई क्षति हुन नदिन आगलागीका घटना सुत्रे वित्तिकै घटना स्थल पुग्नु पर्ने कुरामा जोड दिनुभयो ।
प्रमुख कोइरालाले आज सबै बारुणयन्त्रको वस्तुस्थितिका बारेमा जानकारी हासिल गर्न अनुगमन गर्नुभएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077