पशुमा लाग्ने खोरेत नियन्त्रण गर्न रु ६० करोड लाग्ने 

Logo
Nav Nepal मंगलबार, बैशाख ०४, २०८१
विराटनगर, ४ वैशाख ः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आगामी तीन वर्षभित्रमा कोशी प्रदेशलाई खोरेत मुक्त्त प्रदेश बनाउने घोषणा गर्नुभएको छ ।
झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवन हिजो उद्घाटन समारोहमा मन्त्री खत्रीले सो घोषणा गर्नुभएको हो ।
उहाँले प्रदेशका १४ जिल्लामध्ये ६ जिल्लामा अझै पशु सम्बन्धी भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र नरहेको जानकारी दिँदै ती जिल्लाहरुमा भवन निर्माणको लागि आफूले पहल गर्ने बताउनुभयो ।
कृषि मन्त्रालयले अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै गर्ने’ कार्यक्रम पनि ल्याउने, घरेलु मदिरा ब्राण्डिङ गर्ने र टुक्रे योजना नल्याउने घोषणा गर्दैै उहाँले प्रदेश सरकारको लगानीमा झापाको भद्रपुरमा रु एक करोड ७१ लाख ८७३ को  भवन निर्माण भएको हो भत्रुभयो ।
पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेको बेला कोशी प्रदेश सरकारले भने यसको नियन्त्रणको लागि ‘महाअभियान’ संचालन गर्ने तयारी गरेको थियो । सोही योजना अनुसार तीन वर्षमा प्रदेशलाई खोरेत मुक्त्त गर्ने मन्त्री खत्रीले घोषणा गरेका हुन् । कोशी प्रदेशबाट विश्वका २५ मुलुकमा छुर्पि निर्यात भइरहेको छ । यस्तै इलाम र संखुवासभामा तीन वर्षदेखि खोरेत सङ्क्रमण नदेखिएको मन्त्री खत्री बताउँछन् ।
‘कोशी प्रदेशबाट वार्षिक रु सात अर्ब भन्दा बढीको छुर्पी र रु सात अर्ब जतिको चिज विदेश निर्यात भएकोले यो क्षेत्रलाई सुरक्षित गर्नु अनिवार्य देखियो,’ मन्त्री खत्रीले भत्रुभयो, ‘यसले कृषि र पशुपालन क्षेत्रमा धेरै ठूलो क्रान्ति गर्न सकिन्छ ।’ खोरेत नियन्त्रणको लागि संचालन गर्ने तीन वर्षे अभियानका लागि रु ६० करोड  लाग्ने कृषि मन्त्रालयले अनुमान गरेको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077