प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको छ ः मुख्यमन्त्री कार्की

Logo
Nav Nepal बुधबार, बैशाख ०५, २०८१

विराटनगर,५ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ।
जीवन विकास लघुवित्तकोे सहकार्यमा प्रथम थ्री जिरो क्लव सदस्य सम्मेलन–२०८१ को आज मोरङको कटहरी गाउँपालिकास्थित आफ्नो सभा हलमा उद्घाटन गर्दै उहाँले मानवीय विकासबाट प्रदेशको निर्माण भौतिक विकास दिगो हुनका साथै निरन्तर र परिवर्तन हुने विचार राख्नु भयो ।
मुख्यमन्त्री कार्की यसक्षेत्रमा आवश्यक रहेको चिकित्सक, इन्जिनियर, अधिवक्त्ता, कृषि र पशु स्वास्थ्यकर्मी लगायतका जनशक्ति उत्पादन गर्नका निःशुल्क अध्ययनको लागि बजेटको छुट्याएको जानकारी दिनु भयो ।
उहाँले युवाहरुले नयाँ नयाँ कुराको अविष्कार गरी मुलुक र प्रदेशको हितका लागि कार्य गर्नु आजको आवश्यक्ता भएको धारणा राख्नु भयो ।
प्रदेश सरकारले यस क्षेत्रमा छिमेकी मुलुकका धार्मिक पर्यटक आगमन वृद्धिका लागि विभिन्न समुदायको आस्थाको केन्द्र रहेका मठमन्दिर , भाषा, संस्कृति, खानपीनको संरक्षणमा विशेष जोड दिएको उहाँले धारणा राख्नु भयो ।
स्वावलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले युवायुवतीलाई नेतृत्वदायक भूमिका प्रदान गर्ने उद्देश्यले क्लवको गठन गरिएको जानकारी दिँदै युवापुस्तालाई विदेश पलायन रोक्न वित्तिय संस्थाले विशेष कार्यक्रम ल्याउनु पर्ने सुझाव दिनु भयो ।
जीवन विकास लघुवित्त संस्था लि.का प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले क्लवका सदस्यहरुले समाज र देशप्रतिप्रति जिम्मेवारी वोध गर्नुका साथै सामाजिक चेतनास्तरको विकासमा मद्दत पुग्ने धारणा राख्नु भयो ।
कोशी , मधेश र वागमती प्रदेशका ९४५ वटा थ्री जिरो क्लव गठन गरिनुका साथै प्रत्येक क्लवमा पाँच जना सदस्यहरुले शुन्य खुद कार्वन उत्सर्जनसंगै गरीवी अन्त्यका लागि धनको विकेन्द्रीयकरण र उद्यमशीलता प्रवद्र्धनमार्फत शुन्य बेरोजगारी सिर्जना गर्नु क्लवको उद्देश्य रहेको छ।
सम्मेलनमा कोशी, मधेश र वागमती प्रदेशका युवा युवतीहरुको सहभागिता रहेको छ।
थ्री जिरो क्लवका सदस्यहरुले गरेको मुख्य कार्यहरुमा वृक्षारोपण, सरसफाई, जलवायु परिवर्तन सम्बन्धी सचेना, वित्तीय साक्षरता र डिजिटल साक्षरता, उद्यमशीलता विकास, सीपमुलुक तालीम सञ्चालन गर्नु रहेको छ।
यस्तै अन्य कार्यहरुमा लागु औषध विरुद्धको सचेतना, बाल विवाह र घरेलु हिंसा विरुद्ध जनचेतना ,विद्यालयस्तरमा विभिन्न प्रतियोगिता, आवास निर्माण, स्वास्थ्य शिविर, ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धी सचेतना जागृत गराउनु रहेका छन् । (फोटो उपलव्ध छ)–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077