मिल्स गोल्डकप फुटवल प्रतियोगिता– उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्ने

Logo
Nav Nepal बुधबार, बैशाख ०५, २०८१
विराटनगर,५ वैशाख । विराटनगरमा फुटवलका उत्कृष्ट खेलाडी उत्पादनका उद्देश्य राखि ‘मिल्स गोल्डकप फुटबल ’ चौथो संस्करणको प्रतियोगिता वैशाख ७ गतेदेखि सुरू हुने भएको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा  विराटनगर जुट मिलको खेल मैदानमा  प्रदेशस्तरीय ए डिभिजनका आठ क्लवले प्रतिस्पर्धा गर्ने ट्रष्टका अध्यक्ष विष्णुं डंगोलले जानकारी दिनु भयो ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी ,नगर खेलकुद विकास समिति बर्दिवास महोत्तरी ,टि डब्लु  वाईसी, विराटनगर, कन्काई स्पोर्टिङ्ग क्लब सुरुङ्गा झापा ,पेमा युवा क्लब विराटनगर, फियर फुटबल क्लब धरान, कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी रहेका छन् ।
प्रतियोगिताको फाइनल यही वैशाख १५ गते  शनिवार हुने ट्रष्टका संयोजक मनोज खडकाले बताउनु भयो ।
प्रतियोगिताको विजेताले नगद रु दुई लाख ११ हजार एक सय र उप विजेताले रु एक लाख ११ हजार एक सय पाउने खेल संयोजक खड्काले जानकारी दिनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख ६८ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ।
विस २०७२ सालमा मिल्स एरियाको फुटबलको गरीमा र इतिहासलाई जर्गेना गर्ने उद्देश्यले मिल्स गोल्डकप फुटबल ट्रष्टको स्थापना भएको हो ।
गत वर्ष झापा दमकको फुटबल एकेडेमी विजेता र गोलबजारको प्रतिभा क्लब उप विजेता भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077