वर्तमान सत्ता गठबन्धनको समीकरण अव परिवर्तन नहुने – नेकपा (एसमाजवादी)का वरिष्ठ नेता खनाल

Logo
Nav Nepal शुक्रबार, बैशाख ०७, २०८१

विराटनगर,७ वैशाख ः नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण अव परिवर्तन नहुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पुरानो समीमकरण परिवर्तन गर्नुपर्ने आवश्यक्ता महशुस भएर नै नयाँ सत्ता गठबन्धन निर्माण गरेको स्पष्ट पार्नु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य हो भन्दै यसबाट नयाँ सत्ता गठबन्धनको परिवर्तन नहुने बताउनु भयो ।
उहाँले भन्नु भयो –‘वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धि, अग्रगति र प्रगति सम्भव छ भन्दै कम्यूनिष्टहरुवीच एकता आजको ऐतिहासिक आवश्यक्ता हो , यसमा कुनै दुईमत नै छैन’ ।


वरिष्ठ नेता खनालले कोशी प्रदेश लगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माणको कार्य शुरु भैसकेको र प्रकिया अनुसार बन्ने स्पष्ट पार्नु भयो ।
उहाँले पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्री पदको मांग नगरेको बताउँदै वामपन्थी र प्रगतिशिल एकता सिंङ्गो देश र अन्य प्रदेशलाई समेत आवश्यक्ता भएकोले सोही अनुसार प्रदेश सरकार निर्माणमा केही समय लागेको स्पष्ट पानु भयो ।
कोशी प्रदेशमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या रहेको छ भन्दै वरिष्ठ नेता खनालले यो एउटा सङक्रमणको समय भएकोले यसको समाधान चाँडै हुने विश्वास व्यक्त्त गर्नु भयो ।
पूर्व प्रधानमन्त्री खनालले वर्तमान कोशी प्रदेश सरकारको परिवर्तन संविधानको आधार र प्रक्रियाको माध्यमवाट टुङ्गिने कायको शुरु भैसकेको बताउनु भयो ।
उहाँले निर्वाचन प्रणालीमा परिमार्जन गर्नु पर्ने आवश्यक्ताको महशुस सबैलाई हुदै गएपछि यसमा परिवर्तन गरिने धारणा राख्नु भयो ।(भिडियो र फोटो उपलव्ध छ)–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077