मिल्स गोल्डकप ः एपीएफ सेमिफाइनलमा

Logo
Nav Nepal शुक्रबार, बैशाख ०७, २०८१
विराटनगर,७ वैशाख । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा  सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा एपिएफले मधेश प्रदेशको महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै सेमिफाइनमा प्रवेश गरेको छ।
एपिएफको जितको लागि हरी कार्कीले दुई गोल, दिसन राई र धनबहादुर श्रेष्ठले एक–एक गोल गरे  भने  बर्दिबासका पवन पाख्रिनले एक गोल फर्काएका थिए  ।
खेलको म्यान अफ द म्याच एपीएफका हरी  कार्कीले रु तीन हजार प्राप्त गर्नु भएको छ ।
प्रतियोगिता अन्तर्गत शनिबारको खेल पेमा युवा क्लब विराटनगर र पियर फुटबल क्लब धरान सुनसरी बिच हुनेछ ।
मिल्स गोल्डकप फुटबल  प्रतियोगितमा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागि रहेको ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिनु भयो ।
वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल यही वैशाख १५ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद रु दुई लाख ११ हजार एक सय र उप विजेताले रु एक लाख ११ हजार एक सय पाउने खेल संयोजक मनोज खड्काले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077