मलामी बसलाई निःशुल्क इन्धन 

Logo
Nav Nepal शनिबार, बैशाख ०८, २०८१
विराटनगर, ८ वैशाख ः विराटनगर महानगरपालिकाले  मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ ।
विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको छ ।
विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नं १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मानका लागि राखेको कार्यक्रमलाई आज सम्बोधन गर्दै विराटनगर महानगरपालिका प्रमुख  नागेश कोइरालाले मलामीका लागि निःशुल्क बस सेवा उपलब्ध गराएर उदाहरणीय कार्य गरेको भन्दै महानगरका तर्फबाट मासिक इन्धन उपलब्ध गराउने घोषणा गर्नुभयो ।
उहाँले भत्रुभयो, “यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ । बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रुपमै उपलब्ध गराउनेछ ।” सो अवसरमा अन्सारीलाई वडाका तर्फबाट सम्मान गरिएको थियो ।
उहाँले ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो र भत्रुभयो, ‘ ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई अनुशरण नगरेकै कारण समाज पछाडि परेको छ, अनुभवसँगै ज्ञान, संस्कारसमेत ज्येष्ठ नागरिकबाट सिक्नु अहिलेको आवश्यकता हो ।’ उहाँले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउनुभयो ।
महानगरले हेर्नुपर्ने धेरै क्षेत्र भए पनि १९ वटै वडामा घर–घर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गर्दै आएको बताइएको छ भने ज्येष्ठ नागरिकलाई सो अवसरमा कम्बल, छाता, हर्लिक्स, फलफूल प्रदान गरेर सम्मान गरिएको थियो । वडाभित्र बसोबास गर्ने १००जनालाई सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिनुभयो ।
यसैगरी सोही अवसरमा मलामीलाई निःशुल्क बस सेवा प्रदान गर्दै आउनु भएका करिम अन्सारीलाई पनि सम्मान गरिएको थियो । सम्मानित अन्सारीले ज्येष्ठ नागरिकलाई धार्मिक यात्रामा जानका लागि निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएका छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077