मिल्स गोल्डकप –विराटनगर सेमिफाइनलमा 

Logo
Nav Nepal शनिबार, बैशाख ०८, २०८१
विराटनगर,८ वैशाख ।  चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा पेमा युवा क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुट मिलको खेलमैदनमा शनिबार भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २–० गोलले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनमा पुगेको हो ।
जितको लागि विराटनगरको तर्फबाट बिजु भुजेल व्यक्तिगत दुई गोल गरे ।
उनी खेलको म्यान अफ द म्याच घोषित भै नगद  रु तीन हजार प्राप्त गर्न सफल भएका छन् ।
खेलको दोस्रो हाफको ५५ औं र ६२ औं  मिनेटमा भुजेलले दुई गोल गरि टिमलाई अग्रता दिलाई सेमिफाईनलमा पु¥याउन सफल भएका थिए  ।
प्रतियोगिताको आइतबारको खेल टिडव्लू विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077