स्रष्टा गिरीलाई नगदसहित सम्मान

Logo
Nav Nepal आइतबार, बैशाख ०९, २०८१

विराटनगर ः नेपाल स्रष्टा समाजले विराटनगर ३ निवासी ८६ वर्षीया स्रष्टा लता गिरीलाई नगदसहित सम्मान गरेको छ । सानै उमेरदेखि शिक्षा तथा साहित्यिक क्षेत्रमा रुचि राखेर काम गर्दै आएकी गिरीलाई नगद १५ हजारसहित सम्मान गरिएको हो ।

विराटनगरमा आयोजित कार्यक्रममा उनलाई संस्थाका अध्यक्ष ओम श्रेष्ठ (रोदन), संस्थाका कोशी अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली), साहित्यसेवी बलराम पोखरेल, विवश पोखरेल, सरला चापागाईंलगायतले माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा साहित्यकार विवश पोखरेलले गिरीका सामाजिक तथा साहित्यिक जीवनका बारेमा प्रकाश पारेका थिए ।

गिरीका तीन भजन संग्रह प्रकाशित छन् । साथै उनले गीत तथा कविताहरु पनि रचना गरेकी छन् ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रेष्ठले संस्थाले गरिरहेको गतिविधिको बारेमा प्रकाश पारे । उनले संस्थाले कृतिहरु प्रकाशन गर्दै साहित्यसेवीलाई सम्मान गर्ने कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रममा कृष्ण भण्डारीले स्वागत मन्तव्य राखेका थिए । सम्मान कार्यक्रममा अगुवा बुद्धिजिवी दिनेश श्रेष्ठ, दिनेश सुवेदी, साहित्यकार सिमाआवाष, सुभलक्ष्मी लम्साललगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077