मिल्स गोल्डकप –झापाको कनकाई सेमिफाइनलमा 

Logo
Nav Nepal आइतबार, बैशाख ०९, २०८१
विराटनगर,९ वैशाख । झापाको कनकाई स्पोटिङ्ग क्लव सुरुङ्गा  चौथो संस्करणको मिल्स गोल्ड कप फुटवल प्रतियोगिता  अन्तर्गत आज भएको खेलमा विजयी भई सेमिफाइलनमा पुगेको छ ।
मिल्स गोल्डकप ट्रष्टद्वारा आयोजित उक्त प्रतियोगिताको आज विराटनगर जुटमिलको खेलमैदानमा भएको खेलमा  कनकाईले विराटनगरको टिडब्ल्युलाई  २–१ गोलले पराजित गरी  सेमिफाइनलमा पुगेको हो ।
कनकाइका  सन्दिप रसाइलीले  दुई गोल गरी आफ्नो टिमलाई सेमिफाइनमा पु¥याउन सफल भएका छन् ।
रसाइली खेलको प्लयेर अफ द म्याच घोषित  हुनका साथै नगद रु तीन हजार प्राप्त गरेका छन ।
खेल सुरू भएको २७ औं मिनेटमा टिडव्ल्युका आशिष राईले एक गोल गरे भने दोस्रो हाफको ५० औं मिनेटमा कनकाइ स्पोर्टिङ क्लबका रसाइली एक गोल गरी खेल बरावरीमा पु¥याएका थिए भने खेल सकिन दुई मिनेट आगाडि  पुनःरसाईले पेलान्टी मार्फत थप एक गोल गरी आफ्नो टीमलाई सेमिफाइनलमा पु¥याएका छन् ।
सोमबारको अन्तिम क्वाटर फाइनल खेल कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र पूर्व बिजेता मधेश प्रदेशको गोलबजार स्पोर्टिङ क्लब सिरहा बीच हुनेछ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077