टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस सार्वजनिक

Logo
Nav Nepal सोमबार, बैशाख १०, २०८१

 

विराटनगर । टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्वा मोटर्सले टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ ।

यस अघि टिभिएसले नेपाली बजारमा टिभिएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युव जस्ता उत्कृष्ट वाइक तथा स्कुटरहरु नेपाली बजारमा उपलब्ध गराएको छ । छिभिएस वाइक र स्कुटरमा एडभान्स फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठुलो प्रभाव पार्न सफ लबनेको छ ।

टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेसमा कम्पनिले विभिन्न फिचरहरु थप गरि नेपाली बजारमा सार्वजनिक गरेको हो । टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको कम्पनिले जनाएको छ । जस्ले सेग्मेंटकै उच्चतम १४ दशमलव ४ पीएस पावर र १३ एनएस टर्क जेनेरेट गर्छ । टिभिएस स्मार्टकनेक्ट जसको सहायताले राईडरहरुले सजिलै कल तथा टेक्स नोटिफीकेशन, क्र्यास अलर्ट जस्ता सुविधा प्रदान गर्नुको साथै रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, आकर्याक एलईडी हेडल्याप र सिग्नेचर एलईडी टेल ल्याम्स सुसज्जित रहेको कम्पनिले जनाएको छ । टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेसको बजार मूल्य ३ लाख ५ हजार ९ सय रहेको छ ।

जगदम्बा मोटर्स प्राली नेपालमा टिभिएसका दुई पाङ्े सवारी साधनको एक मात्र आधिकारकि वितरण हो । देशभर १ सय ४० भन्दा बढी डिलर रहेको छ । गुणस्तरीय उत्पाद नविन टेक्नोलोजीको प्रयोग विक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्त्रताका कारणनै छिभिएस आज नेपालको सर्वाधिक रुचाएको टु–ह्विलर ब्राण्ड रहेको केशरीचन्द भवलाल विराटनगरमा मनेजर गोविन्द पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077